६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

ब्याडमिन्टन प्रतियोगिता आयोजक प्रथम

विराटनगरमा भएको ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृति ब्याडमिन्टन’ प्रतियोगिताको उपाधि आयोजक विराट ब्याडमिन्टन क्लबले जितेको छ।

प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न भेट्रान्स डबल ४५ वर्षमाथि र मेन्स डबलको इभेन्टमा आयोजकका खेलाडीले प्रथम स्थान हासिल गरेका छन्। भेट्रान्स डबलतर्फ आयोजकका मिलन नेम्वाङ र उत्तम सिमखडाको जोडी प्रथम, विराटनगरको राजधानी युवा क्लबका जीवन बोगटी र धनकुमार श्रेष्ठको जोडी दोस्रो, सलकपुर ब्याडमिन्टन क्लबका विष्णु आचार्य र अर्जुन कार्की तथा लक्ष्मीमार्गका विकास श्रेष्ठ र अर्जुन सुब्बाको जोडी तेस्रो स्थान भए।

त्यस्तै मेन्स डबलतर्फ आयोजकका उत्तम सिमखडा र भोजबहादुर गुरुङको जोडी प्रथम, पथरीका नवीन राई र होम गुरुङको जोडी दोस्रो, राजधानी क्लबका अजय चौधरी र शशी चौधरी तथा बेलबारीका सरोज खवास र लाक्पा शेर्पाको जोडी तेस्रो स्थान भए।

प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको छ। जसमा बेलबारी ब्याडमिन्टन क्लब, उर्लाबारी ब्याडमिन्टन क्लब, सशस्त्र प्रहरी बल टंकीसिनवारी, डिडिसी क्लब, विराटनगरको राजधानी युवा क्लब, विराटनगर ब्याडमिन्टन क्लब, अवेश स्पोर्टस सेन्टर र नेपाल राष्ट्र बैंकले भाग लिएका थिए। प्रतियोगिताको दुवै इभेन्टमा ६४ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए।    

प्रतियोगिताको विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, क्लबका अध्यक्ष समशेर राईलगायतले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिताको मेन्स डबलका विजेताले नगद २५ हजार, उपविजेताले नगद १५ र तेस्रो हुनेले नगद ५ हजार रुपैयाँ तथा भेट्रान्स ४५ वर्षमाथिको विजेताले नगद २० हजार, उपविजेताले नगद १२ हजार र तेस्रो स्थान हुनेले नगद ४ हजार रुपैयाँका साथ ट्रफी प्राप्त गरे।

प्रकाशित: १० पुस २०७८ १२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App