८ वैशाख २०८१ शनिबार
खेल

पुस तेस्रो साता प्रदेशस्तरीय र्आचरी प्रतियोगिता

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पोखरा रंगशाला आर्चरी मैदानमा प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजनाको तयारी गरिएको छ।

कास्की जिल्ला आर्चरी संघको आयोजनामा आगामी पुषको तेस्रो साता प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजना गरिने जनाएको छ। प्रदेशस्तरीय प्रतियोगितासँगै ६० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतियोगितालाई समेत संघले पहिलो पटक समावेश गरेको।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालााई लक्षित गर्दै आगामी पुष २३ र २४ गते पोखरा आर्चरी मैदानमा प्रतिस्पर्धा  हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए। उनका अनुसार ३० मिटरको स्टाण्डर्ड रिकर्भ प्रतिस्पर्धा गराईने छ। प्रतिस्पर्धामा कास्कीसहित मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ र पर्वतका खेलाडीहरु सहभागि हुने छन्े। अध्यक्ष शेरचनका अनुसार १ सय भन्दा खेलाडीहरुको सहभागिता रहने छ।  

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा आयोजना गरिदैं छ । कोभिड–१९ विश्वव्यापी फैलिएपछि खेलकुद पोखराको खेलकुद क्षेत्र पुरानै लयमा फर्र्किन सकेको छैन्। नवौं राष्ट्रिय खेलकुदको तयारीको लागि प्रतियोगितालाई निरन्तरता दिनुपर्ने खाँचो समेत छ। प्रदेशस्तरीय प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छ। दोस्रो हुनेले २०, तेस्रोले १५ र सान्त्वना स्वरुप १० हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ। सर्वाधिक अंक जोड्ने खेलाडीलाई भने नगद ५ हजार रुपैयाँ प्रदान गरिने छ।  

६० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धा भने पोखरा रंगशालामा पहिलो पटक आयोजना हुने छ। भेट्रान्स प्रतिस्पर्धामा विजेताले १०, ७, ५ हजार राशीको पुरस्कार प्राप्त गर्ने छन्। प्रतियोगिताको लागि र्आचरी खेल मैदान तयारी गरिदैं छ।  

प्रकाशित: २० मंसिर २०७८ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App