४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरामा शनिबार दोस्रो फिस्टेल ट्रेल रेस

४२, २१ र ५ किलोमिटर इभेण्टमा प्रतिस्पर्धा

पोखरामा शनिबार फिस्टेल ट्रेल रेस(म्याराथन) हुने भएको छ। कोरोनाले थलिएको खेलकुद पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यसहित फिस्टेल ट्रेल रेस आयोजना गरिएको हिमालयन ट्रेल रनिङ प्रालिले जनाएको छ।

हिमालयन ट्रेल रनिङ प्रालिले योवर्ष तीन इभेण्टमा प्रतिस्पर्धा गराउने हिमालयन ट्रेनिङका व्यवस्थापक दिपक भट्टले जानकारी दिए। उनका अनुसार रेसले पोखराको स्पोर्टस टुरिज्मलाई प्रवद्र्धन गर्ने विश्वास छ। ४२ किलोमिटरको मुख्य रेस हुनेछ। त्यसपछि २१ किलोमिटर र ५ किलोमिटरको रेस गरी तीन इभेण्टमा प्रतिस्पर्धा हुने उनको भनाई थियो।

हिमालयन ट्रेल रनिङ अन्तर्राष्ट्रिय फिस्टेल रेसको दोस्रो संस्करणमा १८ देशका २ भन्दा बढी स्वदेशी तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गर्नेछन्। प्रालिले सन २०१९ मा पहिलो पटक ३० किलोमिटरको ट्रेल रेस आयोजना गरेको थियो। शनिबार हुने प्रतिस्पर्धामा पोल्याण्ड, कोरिया, फ्रान्स, डेनमार्क, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड, अमेरिका, जापान, बेलयात लगायतका देशका धावकहरु सहभागि हुने उनले बताए। गोरेटो दौडमा ७० महिला १२० पुरुष धावकले प्रतिस्पर्धा गर्ने छन्। तीन इभेण्टको दोडको गोरेटो पनि फरक फरक रहेको छ।

दौडमा नेपालबाट १४८ जना सहभागित हुने प्रालिको वेभसाईटमा उल्लेख छ। बेलयातबाट २१, अमेरिकाबाट १०, फ्रान्सबाट ८, जर्मनीबाट ६, भारतबाट ६, डेनमार्कबाट ५, क्यानडाबाट ४, बंगलादेशबाट ३, स्वीटजरल्याण्डबाट २, स्वीडेनबाट २, न्युजिल्याण्ड, बार्बडोस, पोल्याण्ड, जापान र अष्ट्रेलियबाट एकएक जना धावकहरुको सहभागिता रहेको वेभसाईटमा उल्लेख छ। दौडमा धावकहरु १७५० मिटरको उचाईमा पुगेर ओर्लिने छन्। २१ किलोमिटर दौडिने धावक भने १२८५ मिटरको उचाईसम्म पुग्ने छन्।

४२ किलो मिटरको दौडमा छोरेपाटनस्थित डेभिजफल्सबाट शुरु हुनेछ। दौड पुम्दीकोट, तारेभिर, घाँटीछिना, देउराली कास्कीकोट सराङ्कोट मेथलाङ, सेदीसम्म आएर ट्रेल रेस हुने कार्यक्रम रहेको भटट्ले जानकारी दिए। यसैगरी २१ किलो मिटरको दूरी डेभिज फल, स्तुपा, चंखपुर, पदेली, मेथलाङ हुँदै सेदीसम्म हुनेछ। ५ किलो मिटर रेस सेदी, ग्यारजाती, मेथलाङ हुँदै सेदीमै आएर टुंगिने पनि उनले जानकारी दिए। तीनै इभेण्टमा महिला तथा पुरुष धावकलाई प्रतिस्पर्धा गर्ने छन्।

अन्नपूर्ण, धौलागिरी हिमालको मनोरम दृश्यको अवलोकन गर्दै नेपाली जनजिवन प्रत्यक्ष अनुभव गराउने उद्देश्यले पुरानो बाटो तर अहिले हिड्न छोडिएको गोरेटोबाटे हुँदै अन्तर्राष्ट्रियस्तरको फिस्टेल ट्रेल रेस कार्यक्रम आयोजना गरिएको डा सुन्दर पौडेलले बताए। पोखरा ट्रेल रेस(रनिङ क्लब)ले पोखरा र आसपासका क्षेत्रमा भएका छोटो पदयात्रा मार्गको पहिचान गर्ने उद्देश्यसहित पोखरा ट्रेल रेस सिरिज गर्दै आएको छ। यद्यपी क्लबले कोरोनाकै कारण पाँचौ संस्करणको रेस आयोजना गरेको छैन्।

प्रकाशित: १७ मंसिर २०७८ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App