२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सशस्त्र प्रहरीका बोगटीलाई ‘सातौं धारा नेपालगन्ज म्याराथन’ उपाधि

सशस्त्र प्रहरी बल(एपिएफ)का किरणसिंह बोगटीले सातौं धारा नेपालगन्ज म्याराथनको उपाधि हात पारेका छन्। बोगटी १३ औं सागका गोल्ड मेडलिष्ट पनि हुन्।

हाफ म्याराथनको उपाधि गोल्ड मेडलिष्ट सन्तोषी श्रेष्ठले जितिन्। उनी पनि साग गोल्ड मेडलिष्ट हुन्। १३ औं दक्षिण एसियाली खेलकुद सागका विजेता गोल्ड मेडलिष्टद्वय बोगटी र श्रेष्ठले शनिबार सातौं धारा नेपालगन्ज म्याराथन र हाफ म्याराथनको उपाधि हात पारे ।

नेपालगन्ज म्याराथन विजेता बोगटीले निर्धारित दूरी ४२.१९५ किलोमिटर २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधि हात पार्न सफल भएका हुन्। गत वर्षको म्याराथन एपिएफकै गोपीचन्द्र पार्कीले जितेका थिए। उनले २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा उक्त दूरी पूरा गरेका थिए।

बोगटीले गत वर्षका म्याराथन विजेता पार्कीले तय गरेको समय अवधि भन्दा ११ मिनेट ३२ सेकेण्ड बढी समय लगाएर उपाधि जित्न सफल भए।

बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधि जितेका हुन्। दोस्रो भएका सेनाका रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पूरा गर्न सफल भए। उनी नेपाली सेनाका त्रिभुवन आर्मी क्लबका हुन्।

एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेण्डमा पूरा गर्दै तेस्रो बने। आर्मीका खड्क बहादुर खड्काले २ घण्टा ३३ मिनेट ४५ सकेण्डमा पूरा गर्दै चौथो बनेका थिए। आर्मीका देवराज महतरा पाँचौं, पाँचथरका प्रताप धमसङ र प्यूठानका हिमु गिरी सातौं बनेका थिए।

यसैगरी हाफ म्याराथनको उपाधि धादिङकी सन्तोषी श्रेष्ठले जितिन्। सागकी स्वर्णपदक विजेता श्रेष्ठले साविक हाफ म्याराथन विजेता एपिएफकी पुष्पा भण्डारीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन्। सागकी गोल्ड मेडलिष्ट श्रेष्ठले हाफ म्याराथन २१ किलोमिटरको दूरी एक घण्टा १८ मिनेट ४८ सेकेण्डमा पुरा गरेकी हुन्।

एपीएफकी भण्डारीले एक घण्टा १९ मिनेट १८ सेकेण्डमा दौड पूरा गरेकी हुन। तेस्रो भएकी सुर्खेतकी विन्दु हमालले एक घण्टा ३६ मिनेट ३९ सकेण्डमा पूरा गरेकी थिइन्। कञ्चनपुरकी सरस्वती बोहरा चौथो, साधना शाही पाँचौं, बर्दियाकी कल्पना थारु र सुखर्तेकी चन्द्रमाया राउत छैटौं र कोहलपुरकी पुष्पा खड्का सातौं स्थानमा रहिन्।  म्याराथनतर्फ विजेताले एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिएको छ।

त्यसैगरी हाफ म्याराथन महिलातर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार प्रदान गरिएको छ।

शनिबार विहान भएको म्याराथनको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका थिए। महानायक राजेश हमाल पनि म्याराथनमा सहभागी भए। यस्तै नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडिए।

फुल म्याराथनमा ५० जना खेलाडी, हाफ म्याराथनमा १२ जना र सबै बिधामा मिलाएर दुई हजार खेलाडीले म्याराथन दौडमा भाग लिएको आयोजकले जनाएको छ।

प्रकाशित: ४ मंसिर २०७८ ०९:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App