२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मालिकादेवी कपको क्वाटरफाइलन समीकरण पूरा

चौतारा साँगाचोकगढी नगरपालिकास्तरीय प्रथम मालिकादेवी कप फुटबल प्रतियोगिताको क्वाटरफाइलन समिकरण पूरा भएको छ।  राउण्ड अफ–१६ का खेल सकिएसँगै अन्तिम आठमा स्थान बनाउने टोलीको टुंगो लागेको हो। शुक्रबार चार खेलमा विभिन्न आठ टोलीले प्रतिस्पर्धा गरे।

यसबाट आफ्ना प्रतिस्पर्धीलाई पाखा लगाउँदै लिल फङ घले समाज, आयोजक मेलचौर युवा जागरण समाज, काभ्रे युथ क्लव र साँगाचोक युथ क्लवले क्वाटर फाइनलमा स्थान बनाएका छन्। मेलचौरस्थित दरबारडाँडा मैदानमा भएको दिनको पहिलो खेलमा लिल फङले गिदाने युथ क्लवलाई ४–३ गोलले स्तब्ध बनायो। निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि लिल फङ भाग्यामानी साबित भयो। लिल फङका गोलकिपर सुशान्त दुलाल खेलको म्यान अफ दि म्याच चुनिए।  

दोस्रो खेलमा वडा नं. ४ लाई १–२ गोल अन्तरले पन्छाउँदै आयोजक मेलचौर युवा जागरण अघि बढ्यो। मेलचौरमा जितमा दिपेश दंगाल र राजाराम थापाले एक/एक गोल गरे। वडा नं. ४ ले फर्काएको एक गोल सान्वना बन्यो। मेलचौरका गोलकिपर सुजन दुलाल म्यान अफ द म्याच घोषित भए।  

निरोज लामाको गोल प्रेरित अर्को खेलमा काभ्रेले नेपाने युथ क्लवलाई १–० ले निराश बनायो। काभ्रेका साजन लामाले म्यान अफ दि म्याच प्रदर्शन गरे। गोलरहित बराबरीपछि ट्राइब्रेकरमा धकेलिएको अन्तिम खेलमा दि एक्स चौताराले साँगाचोक युथलाई ४–३ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान बनायो।  

खेलको म्यान अफ म्याच भने साँगाचोकका गोलकिपर रवी श्रेष्ठ भए। उनीसहित म्यान अफ दि म्याच घोषित चारै खेलाडीले ट्रफी पुरस्कार पाए। यसअघि सुनौलो बिहानी अभियान, वडा नं. ६, जल्किने युथ क्लव र आयोजक मेलचौर युथ ‘बी’ ले क्वाटरफाइनलमा स्थान बनाइसकेका छन्। क्वाटरफाइनलका चारै खेल शनिबार खेलाइने आयोजकले जनाएका छन्।

प्रकाशित: २२ आश्विन २०७८ १५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App