७ वैशाख २०८१ शुक्रबार
खेल

तेक्वान्दो संघको चौंथो महाधिवेशन शनिबार भैरहवामा हुने

नेपाल तेक्वान्दो संघको चौंथो महाधिवेशन भैरहवामा हुने भएको छ। संघले बिहिबार भैरहवामा पत्रकार सम्मेलन गरी असोज १६ गते भैरहवामा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो।

संघका अध्यक्ष प्रकाश शम्शेर राणाले महाधिवेशनमा ५६ जिल्लाका तेक्वान्दो संघका अध्यक्ष, प्रतिनिधि, सात प्रदेशका तदर्थ समिति अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी हुने बताए। त्यस्तै खेलकुदमा रुची राख्ने खेलाडीहरु पनि महाधिवेशनमा सहभागीता हुने जानकारी दिए।  

महाधिवेशनले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनबाट एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्षसहित ११ जना सदस्य निर्वाचित हुनेछन्। तेक्वान्दो खेलको विकास र बिस्तारका लागि थप जिल्लाहरुमा संघ गठन गर्ने, खेलाडी उत्पादनका लागि नयाँ योजना र कार्यक्रमसहित प्रशिक्षात्मक कार्यक्रम अघि बढाइएको र आगामी नेतृत्वले संघ र खेलाडीको हितमा अझ बढी सक्रियताका साथ लाग्ने राणाले विश्वास व्यक्त गरे। २०७८ मंसिर भित्रै प्रदेश संघको अधिवेशन गरी स्थायित्व प्रदान गरीने जानकारी दिए।  

तेक्वान्दो संघको २०६६ सालमा वीरगंजमा पहिलो महाधिवेशन भएको थियो। तेश्रो महाधिवेशन २०७४ अशोजमा बाराको सिमरामा भएको थियो। तेक्वान्दो खेलमार्फत् संघले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने काम गरीरहेकाले सरकारले यो खेललाइ हेर्ने दृष्टिकोण अझ फराकिलो बनाउनु पर्नेमा अध्यक्ष राणाले जोड दिए।

प्रकाशित: १४ आश्विन २०७८ १५:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App