२ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

बास्केटबल खेलाडीलाई सम्मान

जोरपाटीस्थित लिम्पिया नेसनल कलेजले आफ्ना बास्केटबल खेलाडीलाई शुक्रबार सम्मान गरेको छ। गत भदौ महिनामा विभिन्न ८ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेको लिम्पियाको छात्र बास्केटबल टोलीलाई सम्मान गरिएको हो। भदौमा मात्र लिम्पियाले विभिन्न १० थ्री बाइ थ्री प्रतियोगितामा सहभागिता जनाएकोमा ८ पटक उपाधि जित्न सफल भएको थियो। 

त्यस क्रममा संगम साम्देन तामाङ ४ पटक, विवेक यादव २ पटक र दीपेश कार्की १ पटक मोस्ट भ्यालुएबल प्लेयर चुनिएका थिए। उनीहरूसहित टोलीका महत्वपूर्ण सदस्य स्वीकार कुँवर पनि सम्मानित भए। चारैलाई प्रशंसापत्र, खेलपोसाक, ट्य्राकसुट र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरियो। 

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य दुधराज लामा र लिम्पियाका प्रिन्सिपल मदनराज रेग्मीलगायतले उनीहरूलाई  सम्मान गरे। लिम्पियालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै लिम्पियाका हेड कोच सुनिल योन्जन र इसिए इन्चार्ज राजकुमार दंगाललाई  पनि प्रशंसापत्रद्वारा सम्मान  गरिएको थियो। 

प्रकाशित: २ आश्विन २०७८ ०१:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App