coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फुटबल टोलीको बिदाइ

असोज दोस्रो साताबाट माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको बिदाइ गरिएको छ। साफ च्याम्पियनसिपका लागि २४ खेलाडीसहित ३१ सदस्यीय नेपाली राष्ट्रिय टोलीलाई बिहीबार एक कार्यक्रममाझ खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र अध्यक्ष कर्माछिरिङ शेर्पालगायत अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले बिदाइ गरे। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने केही दिनअघि नै कतार प्रस्थान गरिसकेका छन्।

नेपाली टोलीले माल्दिभ्स जानुअघि कतारमा १० दिन बन्द प्रशिक्षण गर्नेछ। त्यहीँबाट नेपाली टोली माल्दिभ्स प्रस्थान गर्नेछ। साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले करिब तीन साता पोखरामा बन्द प्रशिक्षण गरेको थियो। प्रतियोगिताको तयारीमा रहेको नेपालले हालै मात्र भारतविरुद्ध दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो। 

पहिलो खेलमा १–१ को बराबरीमा रोकिएको नेपाल दोस्रो खेलमा भारतसँग २–१ ले निराश भएको थियो। साफ च्याम्पियनसिप असोज १५ देखि असोज ३०¬ गतेसम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुने तालिका छ। च्याम्पियनसिपको उद्घाटनमा नेपालले आयोजक माल्दिभ्स विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। 

प्रकाशित: २५ भाद्र २०७८ ०२:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App