१२ वैशाख २०८३ शनिबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले यही वैशाख १७ गतेका लागि प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) आह्वान गरेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा उनले आज वैशाख १७ गते अपराह्न ४ बजे बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्।

अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुगेका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: १२ वैशाख २०८३ २०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App