१२ असार २०८१ बुधबार
image/svg+xml
खेल

कप्तान रुबिनालाई खेले इन्डिया स्पोर्ट्सको प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय स्पोर्ट्स सामग्री उत्पादन कम्पनी खेले इन्डिया (केआई) स्पोर्ट्सले प्रायोजन गरेको छ। सम्झौता अनुसार रुबिनालाई एक वर्ष आवश्यक पर्ने सम्पूर्ण क्रिकेट सामग्री केआईले उपलब्ध गराउने छ।  

रुबिनाले प्रायोजन मार्फत उक्त कम्पनीको प्रचारप्रसारमा सहयोग पुर्‍याउने छिन्। रुबिनाले सन् २०१२ देखि नेपाली महिला क्रिकेट टोलीको नेतृत्व गर्दै आएकी छिन्।

नेपाली महिला क्रिकेटकी सर्वाधिक सफल खेलाडी मानिने रुबिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुबै प्रतियोगितामा सानदार प्रदर्शन गर्दै आएकी छिन्।

प्रकाशित: १९ भाद्र २०७८ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App