६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

गोल्डकपमा ८ लाख बचत

विराटनगरमा सम्पन्न भएको विराट गोल्डकप प्रतियोगिताको बुधबार आयव्यय सार्वजनिक गरिएको छ। नेपालकै चर्चित गोल्डकपमध्ये विराट गोल्डकप पनि हो। ०७७ चैत २६ देखि सुरु भएको प्रतियोगिता ०७८ वैशाख ४ गते सम्पन्न भएको थियो।

प्रतियोगिता सम्पन्न भएको ४ महिनापछि हिसाब सार्वजनिक गरेको हो। विराट गोल्डकप ट्रष्टले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको छैटौं संस्करणमा ८ लाख २ हजार ३ सय ६२ रुपैयाँ ८० पैसा बचत भएको जानकारी दिएको छ।

प्रतियोगिता आयोजक समितिका संयोजक मनोजविक्रम शाहले कोरोना भाइरसको संक्रमण फैलिएको र विभिन्न संघसंस्थाहरुबाट प्रायोजन गरेको रुपैयाँ दिन ढिला भएका कारण हरहिसाब सार्वजनिक गर्न ढिलो भएको बताए।

स्थायी संरचना भएको फ्लड लाइटमा गरिएको रात्रिकालीन फुटबल प्रतियोगितामा सुरुआतबाट दर्शकको राम्रो उपस्थिति रहेको थियो। प्रतियोगितामा नेपाल, भारत र अफ्रिकन रुट एसोसिएटेसलगायत टिमको सहभागिता रहेको थियो। ‘हामीले प्रतियोगिता भव्यमात्रै होइन खेलाडी र टिमलाई राम्रो सेवा सुविधा दिएका थियौंं,’ संयोजक शाहले भने, ‘प्रतियोगिताको नाफाको संख्या अझ बढ्न सक्थो। तर, हामीलाई दिने भने अनुसारको रकम प्राप्त नभएकाले ८ लाख रुपैयाँ मात्रै बचत गरेर ट्रष्टमा राख्न सक्यौं।’ प्रदेश सरकारले गर्ने भनिएको सहयोग रकममा कटौती हुँदा समस्या भयो।  

संयोजक शाहले १ करोड ४७ लाख ७४ हजार रुपैयाँ आम्दानी भएको र ९ दिनसम्म चलेको प्रतियोगितामा १ करोड ३९ लाख ७२ हजार रुपैयाँ खर्च भएको छ।

प्रतियोगितामा टिकटबाट ५९ लाख ७६ हजार रुपैयाँ संकलन भएको छ। प्रदेश १ सरकारले ४० लाख रुपैयाँ दिने जनाएर अन्तिममा १४ लाख ७७ हजारमात्रै प्राप्त भएको बताउँदै शाहले महानगरपालिकाले ११ लाख, राष्ट्रिय खेलकुद परिषदले ३ लाख ९४ हजार, मुख्य प्रायोजकले २० लाख, प्रायोजकबाट १० लाख, सह–प्रायोजकबाट १७ लाख २५ हजार, व्यानर प्रायोजकबाट ८ लाख, खाना प्रायोजकबाट २ लाख ५० हजार संकलन भएको जानकारी दिए।  

प्रतियोगितामा पुरस्कार खर्च ३५ लाख ११ हजार, खेलाडी टोली खर्चमा ३२ लाख ३४ हजार, प्रचारप्रसार १५ लाख २५ हजार, ६ लाख ३६ हजार, मिडिया खर्च ८ लाख ८८ हजार, फ्लेक्स होर्डिङ बोर्डतर्फ ९ लाख ९६ हजार, कार्यालय व्यवस्थापनमा ९ लाख २८ हजार, मैदान मर्मतमा ४ लाख ८ हजार, रंगशाला मर्मत तथा खर्चमा ७ लाख,  ३ लाख २६ हजार, रंगशाला खर्च भएको छ।

प्रकाशित: १६ भाद्र २०७८ १२:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App