१८ माघ २०८२ आइतबार
image/svg+xml
खेल

पारालम्पिक टोलीलाई खेलपोसाक

टोकियो पारालम्पिकमा सहभागी हुने नेपाली टोलीलाई पारा तेक्वान्दोका पूर्वप्रशिक्षक कल्याण कुँवर र कामरु ट्रेडिङ प्रालि (केल्मी) ले खेलपोसाक प्रदान गरेका छन्।लामो समयसम्म नेपाली पारा तेक्वान्दोमा प्रशिक्षण गराएका कुँवरले पारा तेक्वान्दो टोलीलाई खेलपोसाक प्रदान गरेका हुन्। कुँवर हाल क्यानडामा रहेकाले उनको तर्फबाट राष्ट्रिय टोलीका पूर्वखेलाडी रञ्जन श्रेष्ठले टोलीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। 

एक कार्यक्रमबीच रञ्जनले पारा तेक्वान्दो खेलाडी पलेशा, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक दीपक विष्टलाई उक्त सामग्री प्रदान गरेका थिए। मंगलबार नै नेपालमा केल्मीको आधिकारिक विक्रेता कामरुले पूर्वसम्झौताबमोजिम टोलीलाई खेलपोसाक प्रदान गरेको थियो।

यसअघि कामरुले टोकियोमै सम्पन्न ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकमा सहभागी नेपाली टोलीलाई पनि खेलपोसाक प्रायोजन गरेको थियो। पारालम्पिकमा सहभागी हुने १ खेलाडीसहित पाँच सदस्यीय टोलीलाई कामरुका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सामग्री हस्तान्तरण गरेका हुन्। अगस्ट २४ तारिखदेखि सुरु हुने पारालम्पिक नेपालबाट पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले प्रतिस्पर्धा गर्दै छिन्।

पलेशाले के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि तौलसमूहमा नेपालको प्रतिनिधित्व गर्नेछिन्। पारालम्पिकमा सरोज श्रेष्ठ सेफ दी मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रूपमा सहभागी हुँदै छन्। टोली शुक्रबार जापान प्रस्थान गर्ने कार्यक्रम छ।

प्रकाशित: २ भाद्र २०७८ ०२:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App