१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

रहेनन् लिजेन्ड मुलर

जर्मनीका लिजेन्ड स्ट्राइकर गर्ड मुलरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको उनको पूर्वक्लब बायर्न म्युनिखले पुष्टि गरेको छ। बायर्न म्युनिखमा लामो समय बिताएका मुलरको मस्तिष्कले सही काम गरेको थिएन। १९६० को दशकमा निकै प्रभावशाली खेलाडी बनेका मुलरले बुन्डेसलिगामा सर्वाधिक ३ सय ६५ गोल गरेर कीर्तिमान बनाएका छन्। १९६० र १९७० को दशकमा चम्किएका कीर्तिमानी स्ट्राइकर मुलर पश्चिम जर्मनीलाई विश्वकप उपाधि दिलाउने खेलाडी पनि हुन्।  

‘बायर्न म्युनिख र समर्थकका लागि आजको दिन कालो दिन हो,’ क्लबका अध्यक्ष हर्बट हाइनियरले भने,‘क्लबमा अनुबन्धित भएर खेल खेलेका मध्येमा मुलर सबैभन्दा राम्रा र ठूला स्ट्राइकर हुन्। व्यक्ति चरित्र तथा खेलमा उनी निकै भद्र थिए। उनकै खेलको मद्दतमा क्लब अहिलेको अवस्थामा आइपुगेको हो। मुलर क्लबले सदा सम्झिने खेलाडी हुन्।’

पछिल्लो केही वर्षयता मुलरको मस्तिष्कले राम्रो काम गरिरहेको थिएन। त्यसपछि पत्नी र छोरीको हेरचाहमा रहेका थिए। युरोपियन खेलअन्तर्गत ७४ खेलमा ६६ गोल गरेका थिए । विश्वकप विजेता मुलरले पश्चिम जर्मनीका लागि ६२ खेलमा ६८ गोल गरेका थिए। पश्चिम जर्मनीले १९७४ को विश्वकप जित्दा मुलरको गोल निर्णायक बनेकोे थियो।  

यस्तै १९७२ मा युरो कप जित्दा मुलर टोलीका सदस्य थिए। एक पटकका बालन डीअर विजेता मुलरले क्लब फुटबलमा बायर्नका लागि धेरै उपाधि जितेका थिए। बायर्नबाटै करियर समाप्त गरेका मुलरले क्लबसँग नै रहेर युथ टिमका लागि प्रशिक्षण गरेका थिए। 

प्रकाशित: ३२ श्रावण २०७८ ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App