coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बक्सिङमा महिला आकर्षित हुने आशा

महिला बक्सरहरूले टोकियो ओलम्पिक २०२० मा आफूहरूले पाएको सफलताले धेरैभन्दा धेरै महिला खेलाडीलाई बक्सिङतर्फ आकर्षण गर्न मद्दत पुग्ने आशा व्यक्त गरेका छन्। मंगलबार जापानकी बक्सर सेयना यरीले फेदरवेटमा फिलिपिन्सकी नेस्थे पेटसियोलाई हराउँदै स्वर्ण जितिन्। सन् २०१२ को लन्डन ओलम्पिकबाट बक्सिङ खेललाई ओलम्पिकमा समावेश गर्न थालिएको हो। सो संस्करणमा महिला बक्सिङतर्फ ३ विधा थियो। टोकियो ओलम्पिक २०२० मा महिला बक्सिङतर्फ ५ वटा विधा छन्। त्यसैले यसअघिका दुई संस्करणभन्दा यस संस्करणमा महिला बक्सरको चर्चासमेत चुलियो। तर महिला बक्सर भने अझै धेरै काम गर्न बाँकी रहेको बताउँछन्।

‘म समग्र खेलकुदका बारेमा त्यति धेरै जानकार छैन,’ २० वर्षीया यरीले भनिन्, ‘आशा छ, म आज मैले पाएको सफलताले अन्य महिलाका लागि एउटा विशेष सन्देश प्रवाह गर्नेछ।’ ‘महिला खेलाडीले पनि आफूलाई प्रमाणित गर्न सक्छन्। त्यसका लागि अवसरको मात्र खाँचो छ,’ उनले अगाडि भनिन्, ‘सञ्चार माध्यमले पनि हामीलाई प्राथमिकता दिएको छ र आशा छ महिला बक्सिङका बारेमा अझ धेरै समाचार प्रकाशमा आउनेछन्। त्यस्तै जापानमा पनि महिला बक्सिङको विकास हुनेमा म आशावादी छु।’

यता कांस्य पदक विजेता इटालीकी इर्मा टेस्टाले पनि महिला बक्सरले टोकियो ओलम्पिक २०२० मा पाएको सफलताले अन्य महिला यस खेलतर्फ आकर्षित हुने बताइन्। ‘म अहिले यति मात्र भन्न सक्छु कि मलाई गर्व महसुस भैरहेको छ,’ २३ वर्षीया टेस्टाले भनिन्, ‘मेरा लागि पदक जित्नु नै सबैभन्दा  महत्वपूर्ण पक्ष हो। आशा छ, इटालीमा पनि बक्सिङ खेल विगतको भन्दा चर्चित हुनेछ। मैले बक्सिङमा जितेको यो नै पहिलो पदक हो। यो पदकपछि म भन्न सक्छु कि अन्य खेलमा जस्तै बक्सिङ खेलमा पनि महिलालाई उत्तिकै अवसर छ। आज हामीले पाएको सफलताले त्यसलाई प्रमाणित गर्छ।’

प्रकाशित: २० श्रावण २०७८ ०२:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App