१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अफ्रिदीले इपिएल खेल्ने

 नेपालमा आयोजना हुने व्यावसायिक क्रिकेटमा पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीजस्ता चर्चित क्रिकेटरले खेल्ने भएका छन्।  

आगामी असोज ९ देखि २३ गतेसम्म आयोजना हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा अफ्रिदीको सहभागिता हुने भएको हो। इपिएलको फ्रेन्चाइज टोली काडमाडौं किङ्स–११ ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ४४ वर्षे अफ्रिदीलाई अनुबन्धित गरेको जनाएसँगै नेपालको व्यावसायिक क्रिकेटमा अर्का ठूला स्टारले खेल्ने भएका हुन्। ट्वान्टी–२० फरम्याटको इपिएल त्रिभुवन विश्वविद्यालय (टियु) क्रिकेट मैदानमा आगामी असोज दोस्रो सातादेखि सुरु हुँदै छ। उक्त खेलमा अलराउन्डर अफ्रिदीले काडमाडौं किङ्स–११ बाट चुनौती प्रस्तुत गर्नेछन्।

सन् १९९६ देखि २०१८ सम्म पाकिस्तानका लागि खेलेका अफ्रिदीले कयौं पटक कप्तानको जिम्मेवारी पनि समालेका थिए। उनले सन् १९९६ मा श्रीलंकाविरुद्धको खेलमा ३७ बलमा नै शतक पूरा गरेर विश्वकीर्तिमान बनाए पनि पछि कोरे एन्डरसन र एबी डी भिलियर्सले उक्त रेकर्ड तोडेका थिए। उनले पाकिस्तानबाट २७ टेस्टमा १७ सय १६ रन र ४८ विकेट, ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन र ३ सय ९५ विकेट तथा ९९ ट्वान्टी–२० मा १४ सय १६ रन र ९८ विकेट लिएका छन्।  

काडमाडौं किङ्स–११ का मालिक रोहित गुप्ताले आक्रामक ब्याट्म्यानको छवि बनाएका अफ्रिदीलाई आफ्नो टोलीमा भिœयाउन पाउँदा निकै उत्साहित र गौरवान्वित भएको बताए। यसअघि काठमाडौंले लेग स्पिनर सन्दीप लामिछानेलाई अनुबन्धित गरिसकेको छ। इपिएलमा साबिक विजेता ललितपुर प्याट्रियट्स, काठमाडौं किङ्स -११, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स गरी ६ सहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: १२ श्रावण २०७८ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App