६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

इन्द्राकुमारी वञ्चित

केही दिनमा नै जापानमा सुरु हुने ३२औं ग्रीष्मकालीन ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्सकी प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

जापान प्रस्थान गर्नुअघि गरिएको परीक्षणमा प्रशिक्षक इन्द्राकुमारीलाई कोरोना पोजेटिभ देखिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको हो। उनी यसै ओलम्पिकमा सहभागी हुने पाँच खेलाडीमध्ये एथलेटिक्सकी सरस्वती चौधरीको प्रशिक्षक थिइन्। तर, ओलम्पिकको कोभिडसम्बन्धी नियमअनुसार उनी जान नपाउने र उनको स्थानमा अर्का प्रशिक्षक सन्तोष श्रेष्ठलाई नै प्रशिक्षकको जिम्मा सुम्पिने निर्णय भएको आइतबार एनओसीले जनाएको छ।  

सन्तोष यसअघि गोपीचन्द्र पार्कीका प्रशिक्षक थिए। त्यसैले ओलम्पिक जाने नेपाली टोलीमा सन्तोषको नाम समावेश भइसकेको थियो। यसअघि एथलेटिक्सका गोपीचन्द्र पार्कीको नाम अप्रत्याशित रूपमा ओलम्पिक जाने सूचीबाट हटेपछि अन्तिम समयमा सरस्वती चौधरीसँगै प्रशिक्षक इन्द्राकुमारीको सहभागिता हुने भएको थियो। तर, ओलम्पिक सुरु हुन केही दिन मात्र बाँकी इन्द्राकुमारीको ओलम्पिक सहभागिता पनि नहुने भएको छ।

 सरस्वतीले सय मिटर दौडमा प्रतिस्पर्धा गर्दै छिन्। जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोकियो ओलम्पिकमा नेपालका चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै छन्। 

प्रकाशित: ४ श्रावण २०७८ ०३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App