६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

१४औं साग २०२३ को मार्चमा

 १४औं दक्षिण एसियाली खेलकुद (साग) २०२३ को मार्च महिनामा पाकिस्तानमा हुने निश्चित भएको छ।  साउथ एसियन ओलम्पिक काउन्सिल (एसएओसी) को सोमबार बसेको भर्चुअल बैठकले १४औं साग २०२३ मार्चमा पाकिस्तानमा गर्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले जानकारी दिए। महासचिव श्रेष्ठ बैठकमा सहभागी थिए। 

‘नेपालमा सम्पन्न १३औं सागपछि पहिलो पटक बैठक बसेको हो। झन्डा हस्तान्तरण गरेपछि आयोजकले गर्ने हो कि होइन भन्ने डर थियो,’ महासचिव श्रेष्ठले भने। नेपालमा भएको १३औं सागमा नेपालले पाकिस्तानलाई झन्डा हस्तान्तरण गरेको थियो। १४औं सागमा २७ खेल समावेश गरिने भएको छ। २५ नियमित र आयोजक राष्ट्रका हैसियतमा पाकिस्तानले आफू अनुकूलका दुई खेल थप गरेर साग आयोजना गर्नेछ। थप दुई खेलको टुङ्गो भने आगामी बैठकमा लाग्ने महासचिव श्रेष्ठले बताए।

 पहिलो पटक बसेको बैठकले औपचारिक निर्णय गरेसँगै सागको उद्घाटन र समापन तथा मुख्य प्रतियोगिताहरू पाकिस्तानको लाहोरमा हुने प्रस्ताव आएको महासचिव श्रेष्ठले जानकारी दिए। लाहोरबाहेकआफू सलावाद, गुजरनवाला, इस्लामावाद र सियालकोटमा प्रतियोगिता हुनेछन्। ‘पाकिस्तानले लाहोरबाहेकका अन्य ४ सहरमा प्रतियोगिता आयोजना गर्न प्रस्ताव गरेको छ,’ महासचिव श्रेष्ठले थपे, ‘पाकिस्तानले राखेको प्रस्ताव पारित भयो। नियमितबाहेक दोस्रो चरणमा कुनकुन खेल सहभागी गराउने र स्थानका बारेमा दोस्रो बैठकमा छलफल हुनेछ।’ 

प्रकाशित: २९ असार २०७८ ०२:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App