१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

कृष्णलाई जोशी स्मृति बुद्धिचाल उपाधि

हेटौंडा कृष्ण थापाले कुल १० अंकका साथ राजेशहरि जोशी स्मृति अनलाइन बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा हेटौंडाका कृष्णले एघारौं चरणमा बद्रीलाल नेपालीलाई हराउँदै उपाधि जितेका हुन्। 

निकै अपेक्षा गरिएका पुरुषोत्तम सिलवाल प्रोग्रेसिभ अंकमा पछाडि पर्दै १० अंकसहित दोस्रो स्थानमा नै सीमित भए। लगातार नवौं चरणसम्म अपराजित रहँदै उत्कृष्ट प्रदर्शन गरेका १३ वर्षे खेलाडी पुरुषोत्तम सिलवालले दशौं चरणमा क्याटलाइन ओपनिङअन्तर्गत नाइट सी सिक्स, बिस्सप बी सेभेन भेरिएसनमा मेन लाइनभन्दा बाहिर खेल्न पुगेका थिए।  

तीन घन्टा दुई सेकेन्डकोे ब्लिज खेलमा क्विक क्यालकुलेसन नै हतियार हुने हुँदा कृष्ण थापाले एउटा पाउन अप गर्दै खेललाई आफ्नो अनुकूल बनाएका थिए। तथापि, पुरुषोत्तमले एघारौं चरणमा सप्तरीका महेशकुमार चौधरीलाई हराउँदै १० अंक बटुले। फिडे मास्टर क्षितिज भण्डारी ९ अंक बटुल्दै तेस्रो र झापाका राजन सुवेदी चौथो भए। सर्वाधिक पुरस्कार राशि एवं सहभागिता रहेको प्रतियोगितामा समान ८.५ अंकका बावजुद रूपेश जैसवाल पाँचांै, तीन पटकका नेपाल च्याम्पियन बद्रीलाल नेपाली छैटौं र हाल रसियामा चेस अध्ययनरत २५०० माथि रेटेड विवेक थिङ सातौं स्थान रहे।

समान अंक भए पनि प्रोग्रेसिभ अंकका आधारमा उनीहरूको वरीयता निर्धारण भएको हो। त्यसै गरी सुशील चौधरी, आशिष फुँयाल र मनीष हमालले समान ८ अंक बनाए पनि प्रोगे्रसिभ अंकका आधारमा आठौंदेखि दशौंसम्म रहन सफल भए। सुशील थारू, हिमाल लामा, पुण्यमान कर्माचार्य, सिएम केशव श्रेष्ठ र अर्जुन घिमिरे क्रमशः एघारौंदेखि पन्ध्रौं स्थानमा रहँदै नगद पुरस्कार प्राप्त गर्न सफल भए। यी पाँचैले पनि ८ अंक नै बटुलेका थिए। महिलातर्पm पुनम गुरुङ पहिलो, डब्लुएफएम सुजना लोहनी दोस्रो र कृपा अधिकारी तेस्रो भए।

महिलातर्पm भने दशौं स्थानसम्मका खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो। २००० रेटिङमुनि भुवनेश्वर चौधरी, १८५० मुनि चुडामणि सिं, १७५० मुनि सुरज लिम्बु र १५५० मुनि जमिम अली उत्कृष्ट ठहरिए। भेट्रानतर्फ काठमाडौंका महेश्वरलाल डंगोल र ललितपुरका सूर्यमान महर्जन शीर्ष दुई स्थानमा रहे। कुल २ सय ७९ जना खेलाडीले नेपाल बुद्धिचाल संघका पूर्वअध्यक्ष जोशीको स्मृतिमा भएको अनलाइन बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।  

ललितपुर स्पोर्ट्स क्लबले संघका पूर्वअध्यक्ष तथा क्लबका सल्लाहकार जोशीको १३औं पुण्य तिथिका दिन अनलाइन शोकसभा र प्रतियोगिता आयोजनाको गरेको हो। क्लबका अध्यक्ष हेराकाजी महर्जनको सभापतित्वमा भएको उक्त शोकसभामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, एसियन चेस फेडेरेसनका उपाध्यक्ष भारतका भरतसिंह चौहान र एसियन जोनल ३.२ का अध्यक्ष बंगलादेशका शाहबुद्दिनलगायतले जोशीको योगदान र विशेष क्षमताबारे धारणा राख्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। 

प्रकाशित: १३ असार २०७८ ०४:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App