१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट बग्ने भेलको मारमा गल्फ कोर्ष

गल्फकोर्ष भन्दा माथि विमानस्थलबाट झरेको पानीले खसालेको पहिरो । तस्बिर सौजन्य हिमालयन गल्फ कोर्ष

पानीको सहज निकास नहुदाँ वर्षेनी हिमालयन गल्फ कोर्षमा समस्या बल्झिन्छ । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्ष विजयपुर खोलाको तटमा छ । तर खोलामा आउने बाढीको चिन्ता हुदैन् । चिन्ता थपिन्छ त निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बग्ने भेलको ।

निर्माणाधिन पोखरा विमानस्थलको पानीको सहज निकास छैन् । निकास नहुदाँ पानी अन्धाधुन्द विमानस्थलको रनवेदेखि पश्चिम दक्षिण खस्छ । छहराको रुपमा झर्ने पानीले वर्षेनी गल्फ कोर्षलाई समस्यामा पुर्याउँछ । लगातार परेको झरीले विमानस्थलबाट झरेको पानीकै कारण पहिलो खस्दै आएको छ । खसेको पहिरोले गल्फ कोर्षको ग्रीनमा समस्या निम्त्याउने गरेको छ ।  

‘विमानस्थलबाट आउने पानीलाई सहज व्यवस्थापन नहुदाँ वर्षेनी गल्फ कोर्षमा समस्या थपिने गरेको छ,’ हिमालयन गल्फ कोर्षका व्यवस्थापक भूबहादुर गुरुङ(भुवन)ले भने, ‘विमानस्थले पानीलाई व्यवस्थापन गर्ने तर्फ गम्भीर बन्नुपर्छ ।’ पानीको निकासको नहर निर्माण गरेको छ । बनाइएको नहरलाई अघिल्लो पटक आएको पानीको बहावले भत्काईदिएको छ । अहिले पनि नहरबाट भन्दा बाहिरबाट पानी झर्ने गरेको छ ।  

विमानस्थलले पानीको निकासको लागि नहर नबनाएको भने होईन् । तर नहरमा पानीको बहाब बढी हुदाँ समस्या सिर्जना हुने गरेको छ । ‘नहरबाट भन्दा बाहिरबाट पानी बढी झर्दा पहिरो खस्ने गरेको छ,’ उनले भने, ‘पहिलो खसिरहँदा विमानस्थलको ३÷४ रोपनी जमिन खोलामा झरिसकेको छ ।’ खसेको पहिरोले खोला किनारमै रहेको कोर्षको ग्रीन पुरिएको छ । ‘कोर्षको ३ नम्बर होल र ८ नम्बर होलमा बढी क्षति पुगेको छ,’ उनको भनाई थियो ।  

वर्षायाम शुरु भएपछि चिन्त पीर बढ्दै जान्छ । वर्षेनी खोलासरी आउने पानीले कोर्षमा क्षति पुर्याउँदा मर्मत गर्न बढी खर्च हुने गरेको छ । अघिल्लो पटक पनि वर्षायाममै पानी पश्चिम तर्फबाट झर्दा पहिरो खसेको थियो । त्यसले कोर्षकोलाई लाखौं रुपैयाँ खर्च बढाईदिएको गुनासो हिमालयन गल्फ कोर्षले गर्दै आएको छ । ‘विमानस्थलको पानीको निकासलाई सही ढंगले व्यवस्थापन गरिदिए वर्षेनी पहिरो खसेर मर्मत गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य हुने थियो,’ दुईदिन अघिको घटना सम्झदै उनले भने ।  

हिमालयन गल्फ कोर्ष विश्वकै नमूना कोर्षभित्र पर्छ । १८ होलको कोर्ष पश्चिम तर्फ छैन् । नेपालमा काठमाडौंको गोकर्ण गल्फ कोर्ष, रोयल नेपाल गल्फ कोर्ष, धरानको निर्वाणा गल्फ कोर्ष छन् । पश्चिम तर्फ नवलपुरस्थित चौधरी समूह(सिजी)भित्रको ९ होलको कोर्ष छ । त्यस बाहेक अन्यत्र भने गल्फ कोर्ष छैन् । पोखरामै गण्डकी प्रदेश सरकारले गल्फ कोर्ष र गल्फ एकेडेमी बनाउने चर्चा गरेपनि ठोस उपलब्धी भने भएको छैन् ।  

गल्फ कोर्षसँगै गल्फ एकेडेमी अत्यावश्यक भएपनि कोर्ष निर्माण गर्ने तर्फ चासो दिनुपर्ने आवश्यकता छ । भइरहेको हिमालयन गल्फ कोर्ष वर्षेनी विमानस्थलको पानीको निकास व्यवस्थित नहुदाँ निम्त्याउने जोखिमले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गल्फ प्रतियोगिता आयोजनाको लागि वर्षेनी लाखौं रुपैयाँ खर्च गरेर मर्मत गर्नुपर्ने बाध्यता छ ।  

प्रकाशित: ३ असार २०७८ १३:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App