१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
खेल

गैंडाकोटमा विपि खेलग्राम स्थापना गरिने

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ खेलनीति

पोखरामा सोमबार गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रम वाचन गर्दै प्रदेश प्रमुख सिताकुमारी पौडेल । तस्बिरः उमेश पुन÷नागरिक

गण्डकी प्रदेश सरकारले नवलपुरको गैंडाकोटमा विपि खेलग्राम स्थापना गर्ने नीति लिएको छ । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशको आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गैंडाकोटमा विपि खेलग्राम स्थापना गरिने उल्लेख गरिन् ।  

‘विपि खेलग्राम गैंडाकोटमा स्थापना गरिने छ,’ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पौडेलले भनिन, ‘एक पालिका एक खेल’ मैदानलाई निरन्तरता दिईने छ ।’ गण्डकी प्रदेश सरकारले एक पालिका एक खेल मैदानको नीतिलाई निरन्तरता दिएपछि प्रदेशकै राजधानी पोखरामा भने प्रदेश सरकारले खेलकुद पूर्वाधारमा लगानी गरेको छैन् ।  

प्रदेश सरकारले आफनै भोगाधिकार भित्र रहेको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा समेत लगानी शून्य रहेको छ । यद्यपी प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणलाई भने नीति तथा कार्यक्रममा समेटिएको छैन । लगातार दुईवर्ष क्रिकेट मैदानको लागि दुईकरोड रुपैयाँ विनियोजन गरेपनि सरकारको कार्यक्षमता कमजोर हुँदा दुवैवर्ष बजेट फिर्ता भएको छ ।  

प्रदेश सरकारले तीनवर्ष अघि एक पालिका एक खेलमैदान, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, गल्फकोष तथा एकेडेमी, बहुउद्देश्यीय रंगशाला र उच्च उचाईको खेल तालिम केन्द्र निर्माण गर्ने दीर्घकालिन योजना अघि सार्दै नीति तथा कार्यक्रममै समावेश गरिएको थियो । तर ती कुनैपनि योजनालाई चारवर्षसमम आईपुग्दा कुनैपनि योजना कार्यन्वयनमा आउन सकेको छैन ।  

सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा मैत्रीपूर्ण प्रतियोगिता सञ्चालन गर्ने उल्लेख छ । मैत्रीपूर्ण प्रतियोगिता कस्तो खालको गरिने भन्ने विषयमा ठोस उल्लेख गरिएको छैन । ‘प्रशिक्षक तथा खेलाडीको क्षमता अभिबृद्धिको लागि अभिमुखीकरण गरिने छ,’ नीति तथा कार्यक्रममा सार्वजनिक गर्दै प्रदेश प्रमुख पौडेलले उल्लेख गरिन् । प्रदेश सरकारले प्रदेश राजधानी पोखरामा रहेको बजेट अभावले अलपत्र परेको खेलकुद पूर्वाधारलाई सहयोग गरी पूर्णता दिने तर्फ ध्यान दिन नसकेको गुनासो समेत खेलकुदकर्मीले गरेका छन् ।  

प्रदेश खेलकुद परिषद भवन निर्माणलाई निन्तरता दिईने उल्लेख गरिएको छ । पोखरा रंगशालाभित्र प्रदेश खेलकुद परिषदको कार्यालय भवन निर्माण सुरु गरिसकिएको छ । भवनको तत्कालिन युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले शिलान्यास गरेका थिए । खेल पर्यटनको गतिविधिलाई समेत प्राथमिकता दिई विस्तार र प्रवद्र्धन गरिने छ । 

प्रकाशित: ३१ जेष्ठ २०७८ ११:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App