coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

आर्चरीको ओलम्पिक तयारी प्रशिक्षण, वाईल्ड कार्डको आस

पोखरा आर्चरी मैदानमा सागको तयारीमा रहँदा प्रशिक्षणरत आर्चरीका खेलाडीहरुसहित अगाडि दोस्रो स्थानमा(सेतो टिसर्टमा) तिलक पुन मगर । फाईल तस्बिरः उमेश पुन/नागरिक

दुई महिनापछि टोकियो ओलम्पिक शुरु हुँदैछ । ओलम्पिकमा जानुअघि नेपाली आर्चरी टोलीले फ्रान्समा क्वालिफाईङ प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । फ्रान्सको पेरिसमा आगामी जून दोस्रो साता आर्चरीको अन्तिम क्वालिफाईङ हुँदैछ । क्वालिफाईङ प्रतिस्पर्धामा शीर्ष तीनमा खेलाडी ओलम्पिकको लागि छनोट हुने छन् । अन्यले ६४० अंक कटाए वाईल्ड कार्डको कोटा प्राप्त हुन्छ । अन्यथा आर्चरीको ओलम्पिक सहभागिता कमजोर हुनेछ ।  

टोकियो ग्रीष्मकालिन ओलम्पिकको लागि दुई आर्चरी खेलाडीले तीनमहिना यता नियमित प्रशिक्षणमा छन् । कोरोनाको दोस्रो लहर अगावै देखि पुरुष तर्फ तिलक पुन मगर र महिला तर्फ ज्ञानु अवाले नियमित प्रशिक्षणरत छन् । दुवै आर्चरीका राष्ट्रिय च्याम्पियन खेलाडी हुन् । दुवै  बंगलादेशमा आयोजित आर्चरी च्याम्पियनसिपमा भने पदक विजेता खेलाडी हुन् ।  

काठमाडौंमा आर्चरीको व्यवस्थित प्रशिक्षणस्थल नभएपछि  कोरोनाको दोस्रो लहर अगावै पोखरामा प्रशिक्षण शुरु गरेका हुन् । विगतमा नेपाली आर्चरी खेलाडीले ओलम्पिकमा वाईल्ड कार्डको भरमा सहभागिता जनाएका थिए । अहिले भने वाईल्ड कार्ड मार्फत सहभागिता हुने सम्भावना निकै कम रहेको स्वंय प्रशिक्षणरत खेलाडी स्वीकार्छन् । ‘यो वर्ष वाईल्ड कार्डको कोटा कम छ । वाईल्ड कार्ड मार्फत ओलम्पिक सहभागिताको अवसर कम छ,’ तिलक पुन मगर बताउँछन् ।  

आगामी जून ९ तारिखमा फ्रान्समा हुने क्वाईलिफाईङको लागि जाने तयारी छ । तर नेपाल ओलम्पिक कमिटि एवं नेपाल आर्चरी संघले पहलकदमी गर्नुपर्ने अवस्था छ । यद्यपी कोरोना कहरले पेरिसमा हुने क्वालिफाईङ प्रतिस्पर्धामा जाने विषयमा खेलाडी अझै अन्यौलमा रहेका छन् । ‘पेरिसमा क्वालिफाईङ प्रतिस्पर्धा गर्नुपर्नेछ । त्यसपछि मात्रै छनोट भए ओलम्पिक खेल्ने अवसर पाईने छ,’ उनको भनाई थियो ।  

वाईल्ड कार्ड प्राप्त गर्न पनि ६४० स्कोर कटाउनुपर्छ । त्यो भन्दा कम स्कोर आए स्वत वाईल्ड कार्डको लागि योग्य हुदैनन् । क्वालिफाईङमा प्रथम, दोस्रो र तेस्रोले छनोटको अवसर पाउने छन् । महिला र पुरुष तर्फ दुवैले छनोट प्रतिस्पर्धा पुरा गरेर शीर्ष तीन भित्र छिर्न सकेको अवस्थामा स्वतह नै ओलम्पिक खेल्न पाउने हुँदा त्यसै अनुसार प्रशिक्षण गरिनुपर्नेमा जोड संघले दिएको छ ।  नेपालले महिला र पुरुष व्यक्तिगत इभेण्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । 

‘दुवैले ७० मिटरको रिकर्भ ओपनमा प्रतिस्पर्धा गर्ने छन्’, उनले भने, ‘सम्भावना राम्रो छ । ६४० स्कोर प्लस हिर्काइरहेका छन् ।’ यद्यपी पेरिसमा आयोजना हुने छनोट चरण पार गर्नुपर्ने छ । रियो ओलम्पिकमा जित मोक्तानले ६४४ स्कोर गरेपछि वाईल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा सहभागिता जनाएको सम्झदैं प्रशिक्षक समेत रहेका शेरचनले टोकियो ओलम्पिकमा पनि वाईल्ड कार्ड मार्फत सहभागिता जनाउने पाउने सम्भावना प्रवल रहेको जिकिर गरे ।  

कोरोना कहरकै कारण पेरिसमा हुने छनोट प्रतिस्पर्धा आयोजना हुने नहुने विषयमा अझै अन्यौल रहेकोले पनि खेलाडीको सहभागिता अन्यौलै रहेको छ । तिलक र ज्ञानुलाई प्रशिक्षक माया स्याङतेनले नियमित प्रशिक्षण दिँदै आएको समेत कास्की जिल्ला आर्चरी संघका अध्यक्ष शेचरनले जानकारी दिए । प्रशिक्षक स्याङतेनलाई नेपाल आर्चरी संघले प्रशिक्षकको जिम्मेवारी दिएको थियो । 

प्रकाशित: ११ जेष्ठ २०७८ १०:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App