६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कायाक स्लालम च्याम्पियनसिपको उपाधि सुमनलाई

सुमन तामाङले नवौं राष्ट्रिय कायाक स्लालम च्याम्पियनसिपको उपाधि जितेका छन्। धादिङको त्रिशूली नदीमा बुधबार भएको फाइनलमा अन्य ४३ प्रतिस्पर्धीलाई पछि पार्दै सुमनले उपाधि जितेका छन्। 

यही प्रतिस्पर्धामा राजीप त्रिपाठी दोस्रो र सुरेन्द्र माझीले तेस्रो स्थान हात पारे। यसै गरी पाँचौं राफ्टिङ च्याम्पियनसिप अन्तर्गत राफ्टिङको स्प्रिन्ट विधामा नेपाल कायाक क्लबले पहिलो स्थान हात पार्‍यो। नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ दोस्रो र त्रिभुवन आर्मी क्लब ‘बी’ ले तेस्रो स्थान हात पारे।

 राफ्टिङकै हेड टु हेड स्पर्धामा नेपाल कायाक क्लब र नेपाल राफ्टिङ एन्ड कायाक क्लब फिस्लिङ फाइनलमा पुगेका छन्। च्याम्पियनसिपको पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्ने खेलाडीले आकर्षक नगद पुरस्कारका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाल राफ्टिङ एन्ड क्यानोइङ संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक सूर्यप्रसाद जोशीले जानकारी दिए।

 मंगलबारबाट सुरु भएको च्याम्पियनसिपमा कायाकमा ५० जनाले प्रतिस्पर्धा गरेका थिए। यस्तै राफ्टिङका तीन विधामा १० टोलीले प्रतिस्पर्धा गर्दै छन्। 

प्रकाशित: ९ वैशाख २०७८ ०५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App