२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

महिला विश्व बक्सिङ: सुमिना खड्का पराजित

नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन्। पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासँग पराजित भएकी हुन्।

 तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासँग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन्। प्रतियोगितामा नेपालबाट सुमिनासहित २ खेलाडी सहभागी छन्।

 महिला ४८ केजीमा सुष्मा तामाङ बाई पाएर दोस्रो चरणमा प्रवेश गरेकी छन्। सुमिनाले अप्रिल १७ तारिखमा लिथुआनियाकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन्। 

प्रतियोगिताको अन्तर्राष्ट्रिय बक्सिङ महासंघका अध्यक्ष उमार क्रिमलेमले उद्घाटन गरेका थिए। प्रतियोगितामा ५२ राष्ट्रका २ सय ७४ पुरुष र १ सय ४० महिला खेलाडीको सहभागिता रहेको प्रवक्ता अवालेले जनाएका छन्।

प्रकाशित: २ वैशाख २०७८ ०३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App