१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफ महिलाबाट बाहिरिँदा पुरुषतर्फ फाइनलमा

साबिक विजेता एपिएफमाथि रोमाञ्चक जित निकाल्दै न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी पाँचौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा न्यु डायमन्डले चिर प्रतिद्वन्द्वी एपिएफमाथि ३–१ को सेटमा जित निकाल्दै अन्तिम दुईमा स्थान बनाएको हो। पहिलो संस्करणको एनभिए कपको उपाधि जितेको न्यु डायमन्ड विभागीय प्रतिद्वन्द्वीलाई स्तब्ध बनाउँदै उपाधिनजिक पुगेको हो। पराजित एपिएफ पहिलो पटक एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको फाइनलमा पुग्नुअघि नै बाहिरिएको हो।

निकै रोमाञ्चक बनेको खेलमा न्यु डायमन्डले एपिएफमाथि २५–२१, २६–२१, २५–१४ र २५–२१ को जित निकाल्दै आर्मीमाथि रोमाञ्चक जित निकालेको नेपाल पुलिससँगको भेट पक्का गरेको हो। पुलिसले त्रिभुवन आर्मी क्लबलाई २६–२४, २५–१७ र २८–२६ को सेटमा हराएको थियो। फाइनल प्रवेश गरेका टोलीद्वय पुलिस र न्यु डायमन्डले लिग चरणको खेलमा प्रतिस्पर्धा गर्दा पुलिसले डायमन्डलाई नतिजा सुम्पिएको थियो।

प्रतियोगिताअन्तर्गत बुधबारै सम्पन्न पुरुषतर्फको समूह चरणको खेलबाट एपिएफ पाँचाैं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनल प्रवेश गरेको छ। एक खेलअगावै फाइनलमा स्थान बनाइसकेको हेल्प नेपाललाई सोझो सेटमा हराउँदै एपिएफ फाइनल प्रवेश गरेको हो।

 ३ भारतीय खेलाडीलाई फाइनलका लागि विश्राम दिएर कोर्टमा उत्रिएको हेल्प नेपाललाई एपिएफले २५–१८, २५–१८ र २५–२३ ले पराजित गरेको हो। यदि यस स्पर्धामा एपिएफ पराजित भएको भए बुलबुले रारा फाइनल प्रवेश गर्ने थियो। ६ खेलबाट १३ अंक जोड्दा बुलबुले रारा क्लब १ अंकले पछि रहँदै प्रतियोगिताबाट बाहिरिन पुगेको हो। प्रतियोगितामा बिहीबार फाइनल खेल हुनेछ।

प्रकाशित: २६ चैत्र २०७७ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App