१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सहाराको ‘प्लेइङ स्क्वाड’मा एकेडेमीका एकजना

पोखराको सहारा एकेडेमीका अनाथ खेलाडीलाई निर्देशन दिदैं प्रशिक्षक विष्णु गुरुङ । तस्बिर नागरिक

तेस्रो व्याचको एकेडेमी ८ वर्ष पुग्यो । पहिलो र दोस्रो फेजआउट गरेपछि सहारा क्लबले तेस्रो व्याच शुरु गर्यो । २०७० सालमा तेस्रो व्याचमा २८ अनाथलाई एकेडेमीमा राख्यो । अनाथ अहिले वयश्क भईसकेका छन् । क्लबको योजना आहा–रारा गोल्डकपमा आफ्नै एकेडेमीका खेलाडीलाई उतार्ने हो । तर बिडम्बना १९ औं संस्करणमा भने एकेडेमीका एकजनाले मात्रै सहाराको जर्सी लगाउँदै नियमित खेलाडीको रुपमा मैदान छिर्देछन् । यसअघिका संस्करणमा एकेडेमीका बालकहरु बैकल्पिक खेलाडीको रुपमा मात्र रहेका थिए ।  

१९ औं सस्करणको आहा रारा गोल्डकप केवल दुई दिन मात्रै बाँकी छ । २८ जना अनाथले खेलाडी बन्ने सपना बोकेका छन् । उमेर १५ देखि १७ वर्षका भईसकेका छन् । तर प्लेइङ स्क्वाडमा भने एकजना मात्रै रहने छन् । ‘यो वर्ष एकजना मात्रै एकेडेमीको खेलाडीले प्लेइङ स्क्वाडमा खेल्ने सम्भावना छ,’ सहारा क्लबका प्रशिक्षक विष्णु गुरुङले भने, ‘बाँकी ए डिभिजनकै खेलाडीहरुलाई समेटेका छौं ।’  

भर्खरै प्रशिक्षकको ए लाईसेन्स प्राप्त गुरुङले राष्ट्रिय टिमका दुई खेलाडी आउने बताए । बंगलादेश विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका पोखरेली मिडफिल्ड त्रिदेव गुरुङ तथा दिप कार्की रहेका छन् । अधिकांश खेलाडी हिमालयन शेर्पाका छन् । एकजना अफ्रिकन खेलाडीलाई समेत टोलीमा समावेश गरेर बलियो बनाउने ध्येय प्रशिक्षक गुरुङको छ । एकेडेमीका अशिन पोमुलिम्बुले अवसर पाउनेछन् ।  

एकेडेमीका अघिल्लो व्याचका खेलाडी समेत आफुलाई फुटबलमा उभ्याईराख्न भने सकेनन् । सहारा क्लबले अनाथ बालकलाई आश्रय दिदैं फुटबलको सपना बोकेपनि अघिल्लो व्याचबाट सम्भव भने हुन सकेन् । तेस्रो व्याचबाट फुटबलमा स्थापित गर्ने लक्ष्य र योजना भने क्लबले साँचेकै छ । ‘दोस्रो व्याचलाई फेज आउट गरेपछि २०७० सालमा तेस्रो व्याच एकेडेमी शुरु गरिएको हो,’ सहारा क्लबका महासचिव रामजी अधिकारीले भने, ‘सबै एकैसाथ राखिएको होईनन् । चरण चरणमा गरी बालकहरु ल्याइएको हो ।’  

‘यो वर्ष एकेडेमीका खेलाडीलाई एक्सपोजर दिने योजना थियो । तर प्लेइङ स्क्वाडमा सम्भावना रहेन्,’ प्रशिक्षक गुरुङले भने, ‘अर्कोवर्ष अझै परिपक्क हुन्छन् । सेट टिम नै खेलाउन सकिन्छ ।’ उनका अनुसार यो वर्ष ‘पोटेन्सियल’ रहेका खेलाडी माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा छन् । टोलीमा बैकल्पिक खेलाडीको रुपमा केही खेलाडीलाई राखिने छ ।

बैकल्पिक खेलाडीमा बढीमा ६ जना रहने सम्भावना छ । सहारा क्लबले चैत २१ गते शुरु हुने आहा–रारा गोल्डकपको उद्घाटनमा विभागीय क्लब शसस्त्र प्रहरी बल (एपीएफ) सँगै खेल्ने छ । गोल्डपकमा संकटा क्लब, मनाङमस्र्याङ्दी क्लब, मछिन्द्र्र क्लब, अफ्रिकन रुट एशोसिएसन, रुस्लान थ्रीस्टार र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् ।  

प्रकाशित: १९ चैत्र २०७७ ०६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App