८ वैशाख २०८१ शनिबार
खेल

रसुवामा आजदेखि फुटसल प्रतियोगिता सुरु

रसुवामा आजदेखि फुटबलको सानो रूप ‘फुटसल’ खेल सुरु भएको छ। शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले सदरमुकाम धुन्चेमा दोस्रो अकिआस फुटसल प्रतियोगिता सञ्चालन गरेको हो। प्रतियोगितामा ३१ टिमले सहभागी जनाएका छन्।  

खेल प्रवद्र्धन, शारीरिक व्यायाम, मनोरञ्जनका लागि फुटसल प्रभावकारी हुने भएकाले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका अध्यक्ष निवेश श्रेष्ठले बताए। प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वित्तीय हुनेलाई २५ हजार, तृतीय हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।  

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ। शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ। यो खेलको सुरुवात सन् १९३० मा ब्राजिलबाट सुरु भएको हो।

प्रकाशित: १८ फाल्गुन २०७७ ०८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App