८ वैशाख २०८१ शनिबार
खेल

गाउँ-गाउँबाट स्टार फुटबलर जन्माउने प्रयास

प्रतियोगिताको उद्घाटन गरिदै । तस्विरः नागरिक

फुटबलर श्याम थापा ‘हुइया’ को नाम बाँकेको फुटबलमा नामै काफै छ । उनीसँग फुटबल खेलेको समकक्षीका लागि श्याम थापा अरु भन्दा भिन्न पात्र थिए । उनको खेल्ने शैलैले आफना साथीहरुलाई नै चकित बनाउने गर्दथ्यौं, दर्शक त झन ‘हुइया’ भन्ने बित्तिकै हुरुकै हुने । सैनिकबाट फुटबल करियर सुरु गरेको श्याम थापाले भारतमा समेत आफनो चर्चालाई विस्तार गरे ।  

श्याम थापाले फुटबलमा सुरुआति ‘किक’ हान्न सिकेको मैदान हो खजुरा सैनिकको मैटहवा खेल मैदान । सोमबारदेखी त्यही मैदानमा उनको सम्झनामा फुटबल प्रतियोगिता सुरु भएको छ । उनको सम्झनालाई गर्विलो बनाउने कामको सुरुआत गरेका छन सैनिकका युवाहरु । सैनिकको स्थानीय क्लब जय किसान स्पोर्ट्सले आयोजना गरेको फुटबल प्रतियोगितामा पुन उनको खेल्ने शैलीको चर्चा भयो । फेरी पनि धेरै समकक्षी, स्थानीयले मैदानमा प्रश्न गर्दैथिए ‘हुइया’ जस्तो खेलाडी यस क्षेत्रबाट अहिले सम्म जन्मिएको छैन ।  

‘हुइया’ फुटबलमा दिएको प्रेरणा र शिक्षाले नै होला उनको सम्झनामा गरिएको फुटबलमा एन्फाको उच्चस्तरका पदाधिकारी मैदानमा देखिए । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा देखि लिएर नेपाली फुटबल टोलीका पुर्व कप्तान उपेन्द्रमान सिंह प्रतियोगिताको उद्घाटन समारोहमा आइपुगे । तराईको हुस्सुले काठमाडौंबाट आउन ढिलाइ भएनि एन्फा अध्यक्ष शेर्पा र पुर्व कप्तान खेल भएको मैदानमा आएर खेलाडी र आयोजकलाई हौसला थिए । उनीहरुसँगै एन्फाका शिर्ष पदाधिकारीको बाक्लो उपस्थिती रहँयो सैनिकको मैदान, जुन साहैद त्यसअघि भएको थिए । सैनिक फुटबल मैदानमा

फुटबलका हस्तीको आगमन एउटा सन्देश दिइरहेको थियो, स्टार कहिले मर्दैन, मात्र उसको शरीरमात्र बिलय भएर जाने हो । समाजमा उसको अमिट छाप मेटिदैन, र त धेरै ‘हुइया’ जन्मछन गाउँगाउँका फुटबल मैदानबाट । त्यही लक्ष्य बोकेर एउटा प्रयासको थालनी भएको छ, गाउँगाउँबाट स्टार फुटबलर जन्माउने ।

 

 

 

प्रकाशित: २७ पुस २०७७ १६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App