१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मेलम्ची नगरपालिकाको बिजयी सुरुवात

कोमलमाया–खड्ग बस्नेत स्मृति फुटबल प्रतियोगिता

मेलम्ची नगरपालिकाले कोमलमाया–खड्ग बस्नेत स्मृति फुलबल प्रतियोगिताको उद्घाटन खेल जितेर बिजयी सुरुवात गरको छ । बाह्रविसे नगरपालिकाको पलाँतीस्थित अंगेरीपाखा मैदानमा बुधबार भएको खेलमा मेलम्चीले भोटेकोसी गाउँपालिकाविरुद्ध ५–० गोलको फराकिलो जित निकाल्यो ।  

एक पक्षीय खेलमा मेलम्चीका साजन माझीले ह्याट्रि«क गरे । उनी एक्लैले ३ गोल गरेका थिए । युवराज बुढाले २ गोल थप्दै मेलम्चीको जित सुनिश्चित गरे । ह्याट्रि«कर्ता साजन खेलको म्यान अफ द म्याच चुनिए । उनले नगद पाँच हजार रुपैयाँ पुरस्कारसहित ट्र«फी पाए । जितसँगै मेलम्चीले क्वाटर फाइनलमा स्थान सुरक्षितसमेत गरेको छ ।  

नेपाली कांगे्रस केन्द्रीय खेलकुद विभागको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहले भाग लिएका छन् । साताव्यापी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद एक लाख ११ हजार एक सय ११ र उपबिजेताले ५५ हजार पाँच सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई ट्रफीका साथ नगद पाँच हजार पुरस्कार दिइने प्रतियोगताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ पाउने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिडफिल्डर र स्ट्राइकर रलाई जनही नगद सात हजार रुपैयाँ पुरस्कार र ट्रफी  दिइने आयोजकले जनाएको छ ।  

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत र अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रतियोगिताको उद्घाटन गरेका थिए । ग्रामीण स्तरबाट खेल क्षेत्रको विकासमा टेवा पु¥याउँने उद्देश्यले प्रतियोगिता आयोजना गरेको पूर्वमन्त्री रहेका बस्नेतले बताए । एन्फाका अध्यक्ष शेर्पाले ग्रास रुटमा सञ्चालन हुने यस्ता खेल गतिविधिले खेलाडी उत्पादनमा सघाउने विश्वास व्यक्त गरे ।  

जिल्ला फुलबल संघले प्राविधिक र व्यवस्थापकीय जिम्मेवारी पाएको प्रतियोगिता अन्तर्गत बिहीबार दुई खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा बाह्रविसे नगरपालिका र लिसंखुपाखर गाउँपालिका भिड्दा दोस्रो खेलमा बलेफी र सुनकोसी गाउँपालिकाबीच प्रतिस्पर्धा हुने छ ।

प्रकाशित: २२ पुस २०७७ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App