१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

दर्शक फर्किएको दिन चेल्सीलाई सफलता

नौ महिनापछि दर्शक मैदान फर्किएको दिन चेल्सीले शनिबार लिड्स युनाइटेडमाथि ३–१ को जितका साथ इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ।  

चेल्सीले उत्कृष्ट पुनरागमनमा घरेलु मैदान स्टाम्फोर्डब्रिजमा जितका साथ शीर्ष स्थानमा उक्लिएको हो।

‘आज हामीले लामो समयपछि घरेलु मैदानमा समर्थकका अघि फुटबल खेल्यांै। यसले छुट्टै ऊर्जा दिइरहेको छ,’ चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्डले भने, ‘२ हजार समर्थक उपस्थित थिए भन्दा हामीलाई धेरै नलाग्न सक्छ तर उनीहरूले दुवै टोलीको समर्थनमा मैदानमा गुन्जाएको आवाज विशेष रह्यो। यो सुरुआत हो र यसले निरन्तरता पाउनुपर्छ।’

चेल्सीले सबै खाले प्रतियोगिता गरी पछिल्लो १६ खेलमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। यसका साथै चेल्सीले आफू यस सिजन प्रिमियर लिगको उपाधि दाबेदार भएको पुनः प्रमाणित गरेको छ।

खेलको चौथो मिनेटमा प्याट्रिक बाम्फोर्डले गरेको गोलमा लिड्सले अप्रत्याशित अग्रता लिएको थियो। २७औं मिनेटमा ओलिभर जिरौडले चेल्सीलाई खेलमा फर्काएका थिए। ६१औं मिनेटमा क्रुट जौमाले चेल्सीलाई खेलमा फर्काए। इन्जुरी समयको तेस्रो मिनेटमा क्रिस्टियन पुलिसिकको गोलमा चेल्सीले सहज जित हात पारेको हो।

११ खेलमा २२ अंक जोडेको चेल्सी शीर्ष स्थानमा उक्लिएको हो। एक खेल कम खेलेका टोटेनह्याम र लिभरपुल समान २१ अंकका साथ दोस्रो र तेस्रो स्थानमा छन्। म्यानचेस्टर युनाइटेड १९ अंकका साथ चौथो र १८ अंकका साथ म्यानचेस्टर सिटी पाँचौं स्थानमा छन्।

चेल्सीले सबै खाले प्रतियोगिता गरी पछिल्लो १६ खेलमा अपराजित यात्रालाई निरन्तरता दिएको हो। यसका साथै चेल्सीले आफू यस सिजन प्रिमियर लिग उपाधिको दाबेदार भएको पुनः प्रमाणित गरेको छ।

त्यस्तै शनिबारै भएको अर्को खेलमा युनाइटेडले पनि पुनरागमनमा वेस्ट ह्यामलाई ३–१ ले हराएको हो। युनाइटेडको जितमा पाउल पोग्बा, मासोन ग्रिनउड र मार्कुस रसफोर्डले समान एक गोल गरेका थिए भने वेस्ट ह्यामका थोमस सौकेकले एक गोल फर्काएका थिए। युनाइटेडले पछिल्लो ९ लिग खेलमा जितयात्रालाई निरन्तरता दिएको हो।

‘हामी १–० ले पछि परे पनि स्वाभाविक लग गुमाएनौं, अन्ततः हामी जित यात्रा कायम राख्न सफल भयौं,’ युनाइटेडका प्रशिक्षक सोल्सजायरले भने, ‘सिजनको अन्त्यमा तपाईंको टोलीले कस्तो प्रदर्शन गरेको थियो भन्दा पनि तपार्इंको टोलीले कति खेल जित्यो र कति अंक जोड्यो, त्यसले ठूलो अर्थ राख्छ।’

शनिबारै भएको खेलमा सिटीले फुलह्यामलाई २–० ले हरायो।

प्रकाशित: २२ मंसिर २०७७ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App