१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

लेवान्डोवस्कीको प्रभावशाली प्रदर्शन

च्याम्पियन्स लिग

रोबर्ट लेवान्डोवस्कीको प्रभावशाली प्रदर्शनप्रेरित साबिक विजेता बायर्न म्युनिखले बुधबार साल्सबर्गमाथि ३–१ को जितका साथ म्यानचेस्टर सिटीसँगै च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान पक्का गरेको दिन लिभरपुल भने एट्लान्टासँग स्तब्ध भएको छ।  

बुधबार च्याम्पियन्स लिगका सबै खेलअघि अर्जेन्टिनी फुटबल लिजेन्ड डिएगो म्यारोडोनाको निधनमा एक मिनेट मौन धारण गरिएको थियो। बायर्नले च्याम्पियन्स लिगमा आफ्नो जित लगातार १५औं खेलसम्म कायम राखेको छ। गत सिजन च्याम्पियन्स लिग जित्ने क्रममा लगातार ११ खेलसम्म जितको लय कायम राखेको थियो। यस सिजन पनि टोलीले समूहचरणका ४ वटै खेलमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको हो।  

बायर्न समूह ‘ए’ मा १२ अंकका साथ शीर्ष स्थानमा छ भने समान खेल खेलेका एट्लेटिको मड्रिड, लोकोमोटिभ मस्को र साल्सबर्ग क्रमशः ५, ३ र १ अंकका सात दोस्रो,तेस्रो र चौथो स्थानमा छन्। बायर्नको सहज जितमा लेवान्डोवस्की, किङ्सले कोमान र लोरी सानेले समान एक गोल गर्दा साल्सबर्गका मेर्जिम बेरिसाले सान्त्वना गोल फर्काएका थिए। लेवान्डोवस्कीले च्याम्पियन्स लिगमा आफ्नो गोलसंख्या ७१ पु-याएका छन्।  

समूह ‘ए’ कै अर्को खेलमा एट्लेटिको र मस्कोले गोलरहित बराबरी खेले।

पेप ग्वार्डिओलाको सिटीले फिड फोडिनको निर्णायक गोलमा ओलम्पियाकोसमाथि १–० को जितका साथ नकआउट चरणमा स्थान पक्का ग-यो। समूह ‘सी’ मा शतप्रतिशत नतिजालाई ४ खेलसम्म निरन्तरता दिएको सिटी १२ अंकका साथ शीर्ष स्थानमा छ भने एफसी पोर्टो ९ अंकका साथ दोस्रो स्थानमा छ। तेस्रो स्थानको ओलम्पियाकोसको ३ अंक छ भने मार्सेलीले ४ खेलसम्म अंक खाता खोल्न सकेको छैन।

त्यस्तै एफसी पोर्टोले मार्सेलीलाई २–० ले हरायो। प्रतियोगितामा मार्सेलीको यो लगातार १३औं हार हो। पछिल्लो तीन सिजन मार्सेलीले च्याम्पियन्स लिगमा कुनै खेल जित्न सकेको छैन।

यता समूह ‘डी’ अन्तर्गत घरेलु मैदान एन्फिल्डमा एट्लान्टालाई २–० को नतिजा सुम्पिएसँगै ६ पटकको युरोपियन च्याम्पियन लिभरपुलको भने च्याम्पियन्स लिग समूहचरणमाथिको यात्राका लागि अझै कुर्नुपर्ने भएको छ।

‘हामीले आज खराब प्रदर्शन ग-यौं र त्यसैले नतिजा हाम्रो पक्षमा रहेन,’ लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले भने।

त्यस्तै समूह ‘बी’ मा रियाल मड्रिडले इन्टर मिलानलाई २–० ले हराउँदा बोरुसिया मोन्चेनग्लाडबाचले साख्तर डोनेट्स्कमाथि ४–० को प्रभावशाली जित हात पा-यो।

प्रकाशित: १२ मंसिर २०७७ ०२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App