१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

आईपीएल क्रिकेट : मुम्बई इन्डियन्स ५ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्वई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराएको छ।

मुम्वईका लागि बैंगलोरले १६५ रनको लक्ष्य पेस गरेको थियो। उक्त लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो।

यो जितसँगै मुम्वई १६ अंकको जादुई अंकसहित अन्तिम चारमा पुगेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनायो। देवदूत पाडिक्कलले ४५ बलमा ७४ रन बनाएका थिए भने जोश फिलिपले ३३ रन बटुले। विराट कोहली ९ रनमा आउट भए। एबिडिभिलियर्सले १५ रन जोडे। गुरकिरातमान सिंह १४ र वाशिङ्टन सुन्दर १० रनमा नटआउट रहेका थिए।  

१६५ रनको लक्ष्य पछ्याएको मुम्वईका क्विन्टन डिकाक र ईशान किशनले ३७ रन जोड्दै सानदार सुरुवात गरे।

क्विन्टनले १९ वलमा १ छक्काको मदतले १८ रन बनाए। सूर्यकुमार यादवले ७९ रन जोड्न सफल भए। इशान किसनले २५ रन र हार्दिक पान्डेले १७ रन जोडे। यो जितसँगै मुम्वईले १२ खेलमा ८ जित निकालेको छ भने ४ हार व्यहोरेको छ।

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ०२:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App