१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

कपिलवस्तुमा ५५ लाखको कभर्ड हल निर्माण

कपिलवस्तुको बाणगंगा नगरपालिका– ११ ओदारीमा ५५ लाखको लागतमा कभर्ड हल निर्माण गरिएको छ। निर्माण भएको यो कभर्ड हल नगरपालिकाको पहिलो र जिल्लाको दोश्रो हो। सांसद चक्रपाणी शर्मा बलदेबको संसदीय विकास कोषबाट १० लाख, प्रदेश ५ सामाजिक विकास मन्त्रालयको १५ लाख, बाणगंगा नगरपालिकाको १५ लाख, ११ नम्बर वडा कार्यालयको ८ लाख र अन्य स्थानीय युवा र उद्योगीको आफ्नै पहलमा गरी ५५ लाखमा कभर्ड हलको निर्माण भएको वडाध्यक्ष सोम अर्यालले बताए।  

कभर्ड हलको कृषि मन्त्री तथा प्रतिनिधि सभा सदस्य चक्रपाणी खनाल, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, प्रदेश ५ का सांसद विष्णु पन्थी, नेपालका लागि पूर्व भारतीय भारतीय राजदूत दीपकुमार उपाध्याय, मेयर मंगलप्रसाद थारु उप मेयर चक्र अर्यालल लगायतले रिबन काटेर उद्घाटन गरे। उद्घाटनमा सहभागीहरुले ब्याडमिन्ट समेत खेलेका थिए।  

सो अवसरमा पूर्वमन्त्री खनालले कोरोना महामारीका बीच पनि समयमै निर्माण काम सम्पन्न भएकोमा खुशी ब्यक्त गरे। उनले कभर्ड हलको निर्माणले ईनडोर खेलको विकासमा मद्दत मिल्ने बताए। सो अवसरमा पूर्व राजदुत दिपकुमार उपाध्ययाले जिल्ला कै दोश्रो कभर्ड हल निर्माणले खेलाडीको उत्साह बढाउने बताए। कभर्ड हल निर्माण समितिका संयोजक तथा ओदारी ब्याडमिन्टन क्लवका अध्यक्ष मनोहरकुमार योगीले सहयोगी सबैलाई धन्यबाद दिँदै अझै पनि आफूहरु घाटामा रहेको बताए।

कभर्ड हल र सामुदायिक भवनलाई अझै राम्रो बनाउन थप बजेट आवश्यक परेकाले सबैबाट सहयोग हुने विश्वास उनले बताए। वडा नम्बर ११ का वडाध्यक्ष सोमनाथ अर्यालले कभर्ड हलसंगै प्रथम वडाध्यक्ष कप नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको बताए।

प्रकाशित: २५ आश्विन २०७७ १२:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App