२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पेत्रा आठ वर्षपछि सेमिफाइनलमा

(एएफपी)– पेत्रा कभितोभाले बुधबार जर्मनीका लाउरा सिगमन्डलाई स्तब्ध बनाउँदै आठ वर्षपछि फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाएसँगै उक्त प्रतियोगितामा आफूलाई भाग्यमानी महसुस हुने प्रतिक्रिया दिएकी छन्।

विश्व नम्बर सात चेक रिपब्लिककी पेत्राले सिगमन्डलाई ६–३ र ६–३ ले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएसँगै फ्रेन्च ओपनको मैदान आफ्ना लागि विशेष रहेको प्रतिक्रिया दिएकी हुन्। पेत्राले फाइनल यात्रा लागि अमेरिकन खेलाडीद्वय अस्ट्रेलियन ओपन च्याम्पियन सोफिया केनिन र ड्यानिइल कोलिन्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन्। ‘यस प्रतियोगिताको सेमिफाइनलमा पुनः स्थान बनाउनु मेरा लागि विशेष अर्थ राख्दछ,’ ३० वर्षीया कभितोभाले प्रस्ट्याइन्।  

सन् २०१२ को फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाए पनि उनी मारिया सारापोभासँग पराजित भएकी थिइन्। ‘पछिल्ला खेलमा क्वार्टरफाइनलमै स्थान बनाउँदा पनि म निकै भावुक भएको थिएँ। तर, अहिले सेमिफाइनलमा पुगिसकेको छु। मैले यही चरणमा पुनः फर्कन्छु भन्ने कल्पनासमेत गरेकी थिइनँ,’ भेत्राले भनिन्। सन् २०१६ मा घरमा बसिरहेका समयमा चोरको चक्कु प्रहारबाट सख्त घाइते भएपछि पेत्रा ६ महिना कोर्टबाहिर रहिन्।

सन् २०१२ को फ्रेन्च ओपनको सेमिफाइनलमा स्थान बनाए पनि पेत्रा मारिया सारापोभासँग पराजित भएकी थिइन्।

उनी सन् २०१७ कै फ्रेन्च ओपनबाट टेनिसमा फर्कन सफल भएकी थिइन्। चोरको आक्रमणबाट घाइते भएकी पेत्रालाई चिकित्सकले टेनिसमा फर्कने सम्भावना न्यून रहेको बताएका थिए, तथापि उनी चोटबाट सफलता प्राप्त गरिन्। महिलातर्पmको अर्को सेमिफाइनलमा १९ वर्षीया इगा स्विटेक र अर्जेन्टिनाकी नादिया पोडोरोस्काबीच प्रतिस्पर्धा हुनेछ। विश्वको १ सय ३१औं वरीयताकी पोडोरोस्का कुनै पनि ग्रान्ड स्लामको फाइनलमा पुग्ने पहिलो क्वालिफायर खेलाडी बन्ने लक्ष्यमा छिन्।

नाडालको सफलता जारी

राफाइल नाडालले १३औं पटक फ्रेन्च ओपनको उपाधि उचाल्ने लक्ष्य जारी राख्दा क्वार्टरफाइनलमा इटालीका युवा स्टार जानिक सिनरलाई स्तब्ध बनाएका छन्। दुवै तर्पmबाट निकै आकर्षक प्रदर्शन भएको सेमिफाइनलको खेल एक घण्टा ३० मिनेटमै समाप्त भएको थियो। १२ पटक फ्रेन्च ओपन च्याम्पियन नाडालले सिनरलाई ७–६ (७–४), ६–४ र ६–१ ले हराउँदै फ्रेन्च ओपनको सयौं खेलमा ९८ जित निकाले। ३४ वर्षे नाडालले सेमिफाइनलमा अर्जेन्टिनाका डिएगो स्कर्चमेनसँग प्रतिस्पर्धा गर्नेछिन्।  

डिएगोले क्वार्टरफाइनलमा गत युएस च्याम्पियनसमेत रहेका साबिक उपविजेता डोमिनिक थिमलाई स्तब्ध बनाएका थिए। निकै छिटो खेल सकाएका नाडालले धेरै शरीरिक बलका कारण शरीरमा केही समस्या हुन सक्ने चिन्तासमेत व्यक्त गरेका छन्।

प्रकाशित: २२ आश्विन २०७७ ०१:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App