coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

काभानी युनाइटेड र पार्टे आर्सनलमा

इपिएलको सरुवा बजारमा अन्तिम किनबेच

इडिन्सन काभानी

इङ्लिस प्रिमियर लिग क्लबले यस सिजन सरुवा बजारमा १.२१८ बिलियन पाउन्ड खर्चिएका छन् । सोमबारबाट यस सिजन प्रिमियर लिगको सरुवा बजार बन्द भएको हो । म्यानचेस्टर युनाइटेड र आर्सनलले सरुवा बजारको अन्तिम दिन क्रमशः इडिन्सन काभानी र थोमस पार्टेलाई अनुबन्धित गरे ।

चेल्सी
यस सिजन चेल्सीका प्रशिक्षक फ्रांक लाम्पार्ड सरुवा बजारमा सबैभन्दा आक्रामक देखिए । चौथो स्थानमा बसेर गत सिजन प्रिमियर लिगको अन्त्य गरेको चेल्सीले यस सिजन आफूलाई उपाधि दाबेदार बनाउने संकेत गरेको छ । उनले सात खेलाडी अनुबन्धनमा मिलियन पाउन्ड खर्चिएका थिए । यस क्रममा स्टाम्फोर्ड ब्रिजमा चेल्सीले जर्मन स्ट्राइकर टिमो वेर्नर, किया हाभार्टेज, आयाक्सका प्लेमेकर हाकिम जेइच, लेस्टर सिटीका रक्षक बेन चिलबेल, रेनिसका गोलकिपर इडुवार्डो मेन्डी र ब्राजिलका रक्षक थियागो सिल्भालाई फ्री ट्रान्सफरमा भिœयाएको थियो ।  

लिभरपुल
लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले आफ्नो टोली अन्य क्लबजस्तो महŒवाकांक्षी नभएको भन्दै खेलाडी सरुवा बजारमा खासै ध्यान केन्द्रित गरेनन् । क्लोपको टोलीले २०१८ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने गत सिजन प्रिमियर लिगको उपाधि भित्र्याएको थियो । प्रिमियर लिगको उपाधि रक्षा गर्ने योजनामा रहको लिभरपुलले यस सिजनका लागि बायर्न म्युनिखबाट स्पेनिस मिडफिल्डर थियागो एलकान्टारालाई २० मिलियन पाउन्ड र उल्भरह्यामटनका स्ट्राइकर डियागो जोटालाई ४१ मिलियन पाउन्डमा अनुबन्धित गरेको थियो । तर आइतबार एस्टन भिल्लासँग भोगेको ७–२ कोे फराकिलो हारले भने क्लोपको आफ्नो टोली बलियो छ भन्ने दाबीलाई उदांगो पारिदिएको छ ।  

म्यानचेस्टर सिटी
गत सिजन पेप ग्वार्डिओलाको टोली रक्षापंक्तिमा देखिएको कमजोरीका कारण लगतार तेस्रो सिजन प्रिमियर लिगको उपाधि जित्ने लक्ष्यबाट चुकेको थियो । यस सिजन ग्वार्डिओलाले रक्षापंक्तिमा दुई खेलाडी अनुबन्धन गर्न १ सय मिलियन पाउन्ड खर्चिए । यस क्रममा ग्वार्डिओलाले बर्नमाउथका नाथन एकेलाई ४१ मिलियन पाउन्ड र बेनफिकाका रुबेन डायसलाई ६१ मिलियन पाउन्डमा अनुबन्धित गरेका थिए ।  

म्यानचेस्टर युनाइटेड  
म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सजायरको टोली बलियो रहेको र यही टोलीले अन्य क्लबलाई बलियो चुनौती दिने दाबी पछिल्ला खेलमा युनाइटेडले गरेको प्रदर्शनले गलत देखाएको छ । गत सिजन तेस्रो स्थानमा बस्दै अन्त्य गरेको युनाइटेडले यस सिजनका लागि सरुवा बजारबाट ठूला स्टार भिœयाउने अनुमान गरिएको थियो । तर बोरुसिया डर्टमन्डले आफ्ना स्टार जाडोन सान्चोलाई नबेच्ने अडान लिएपछि युनाइटेड निराश बनेको थियो । त्यस्तै युनाइटेडले एस्टन भिल्लाका मिडफिल्डर ज्याक ग्रेलिस र बार्सिलोनाका स्ट्राइकर ओसामाने डेम्बेलेलाई भित्र्याउने प्रयासले पनि पूर्णता पाउन सकेन ।  

आयाक्सका मिडफिल्डर डोनी भान डी विकलाई भिœयाएको युनाइटेड सरुवा बजारको अन्तिम दिन पेरिस सेन्ट जर्मनका काभानीलाई अनुबन्धित गर्न भने सफल भयो ।  

शीर्ष ४ का अन्य दाबेदारका रणनीति

आर्सनल
आर्सनलले सरुवा बजारको अन्तिम दिन एट्लेटिको मड्रिडका मिडफिल्डर पार्टेलाई ४५ मिलियन पाउन्डमा भित्र्यायो । यसअघि मिकेल अर्टेटाको टोलीले चेल्सीका विंगर विलियान र लिलेका रक्षक ग्याब्रियल मागालहेसलाई सरुवा बजारको सुरुआतमा भित्र्याएको थियो ।

टोटेनह्याम
यता शीर्ष ४ भित्र पर्ने अर्को लक्ष्य लिएको टोटेनह्यामले रियाल मड्रिडबाट वेल्सका गारेथ बेललाई टोलीमा फिर्ता ल्याउन सफल भयो । जोजे माउरिन्होको टोलीले यसअघि म्याट डोहेर्टी, सर्जियो रेग्युलियन र पियरे–इमिले जोजबर्गलाई भित्र्याएको थियो ।

एभर्टन
यस सिजनको सुरुआती ४ खेलमा शतप्रतिशत नतिजा ल्याएको एभर्टनले यस सिजन कोलम्बियाका प्लेमेकर ह्यामेस रोड्रिग्वेजलाई रियाल मड्रिडबाट भिœयाएको थियो । टोली बलियो पार्ने योजनाका साथ प्रशिक्षक कार्लो एन्सेलोट्टीले एलान एब्डाउले डौकोरे, बेन गडफ्रे र रोबिन ओल्सेनलाई भित्र्याएका थिए ।

प्रकाशित: २१ आश्विन २०७७ ०४:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App