१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लिभरपुलको जित लय कायम

शीर्ष टोलीले सुखद नतिजा ल्याउन नसकेको साता साबिकको विजेता लिभरपुलले भने जितको लयलाई कायम राखेको छ। लिभरपुलमा हालै मात्र अनुबन्धित डियोगो जोटाले घरेलु मैदानमा डेब्यु गोल गरेको दिन सोमबार योर्गान क्लोपको टोलीले शतप्रतिशत नतिजालाई लगातार तेस्रो खेलसम्म निरन्तरता दिएको छ।  

म्यानचेस्टर सिटी आइतबार लेस्टर सिटीसँग ५–२ ले हार्दा आर्सनल वेस्ट ब्र्रोमसँग ३–३ को बराबरीमा रोकिएको थियो। म्यानचेस्टर युनाइटेडले भने अन्तिम मिनेटमा भाग्मानी साबित हुँदा ब्राइटनलाई ३–२ ले हराएको थियो।

प्रिमियर लिग उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको क्लोपको टोलीले पुनरागमनमा आर्सनललाई ३–१ ले हराएको हो। सिजनको सुरुआती २ खेलमा जित हात पारेको आर्सनल खेलको २५ मिनेटसम्म १–० ले अघि थियो। एलेक्जेन्डर लाकाजेटले एन्ड्य्रु रोबर्टसनको गम्भीर गल्तीको फाइदा उठाउँदै आर्सनललाई खेलमा अघि बढाएका थिए।

त्यसको ३ मिनेटपछि नै साडियो मानेले बललाई जाली चुमाउँदै घरेलु टोलीलाई खेलमा फर्काएका थिए। यसअघि खेलको तेस्रो मिनेटमा आर्सनलका काइरेन टाइरेनीको मुखमा हातले प्रहार गरे पनि रेफ्रीले पहेँलो कार्डको मात्र दर्शन गराउँदा माने भाग्मानी साबित भएका थिए। ३४औं मिनेटमा रोबर्टसनले टे«न्ट एलेक्जेन्डर आर्नोल्डको क्रसमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। खेल सकिन २ मिनेट बाँकी हुँदा जोटाको डेब्यु गोलमा लिभरपुलले स्पष्ट ३ अंक पक्का गरेको थियो।

३ खेलमा ९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। समान खेलमा समान ९ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ भने ९ अंक नै जोडेको एभर्टन तेस्रो स्थानमा छ। एस्टन भिल्ला ६ अंकका साथ चौथो र आर्सनल ६ नै अंकका साथ पाँचाैं स्थानमा छन्।

टोलीको प्रदर्शनबाट सन्तुष्ट क्लोपले भने, ‘हामीले सबै पक्षमा राम्रो खेल्यौं। म जोटाको प्रदर्शनबाट पनि खुसी छु। उनले आफूलाई प्रमाणित गरे। उनलाई  पछिल्लो दुई–तीन सिजनदेखि टोलीमा ल्याउन चाहन्थें। यो सिजन भने त्यो योजना पनि सफल भएको छ।’

‘हामीले ३ खेलमा शतप्रतिशत नतिजा ल्याएका छांै। त्यो सुखद पक्ष हो,’ क्लोपले भने, ‘एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोट्टी सधंै अब्बल छन्। त्यसैले यस सिजन एभर्टनको प्रदर्शनबाट म अचम्मित भएको छैन। लेस्टर लेस्टर नै हो। उनीहरूले राम्रो फुटबल खेलिरहेका छन्। अहिले सिजनको सुरुआत मात्र हो, त्यसैले शीर्ष स्थानमा कुन टोली छ भन्ने कुराले धेरै अर्थ राख्दैन।’)

यता एफए कपमा लिभरपुललाई पेनाल्टीमा हराएको आर्सनलले जितको सुरुआती २ खेलमा जित हात पारे पनि एन्फिल्डमा भने जित यात्रालाई निरन्तरता दिन सकेन।  

‘आज हामीभन्दा लिभरपुल सबै पक्षमा अब्बल देखियो,’ आर्सनलका प्रशिक्षक मिचेल अर्टेटाले भने, ‘म टोलीले गरेको प्रदर्शनमा खुसी छु। हाम्रो यात्रा फरक छ। उनीहरूको टोेली बलियो छ, अधिकांश खेलाडी पाँच वर्षदेखि सँगै छन्। हाम्रो टोलीमा धेरै नयाँ खेलाडी छन्। हामीले अझै कठिन यात्रा तय गर्न बाँकी छ।’

३ खेलमा ९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ। समान खेलमा समान ९ अंक जोडेको लेस्टर सिटी शीर्ष स्थानमा छ भने ९ अंक नै जोडेको एभर्टन तेस्रो स्थानमा छ। एस्टन भिल्ला ६ अंकका साथ चौथो र आर्सनल ६ नै अंकका साथ पाँचाैं स्थानमा छन्।

प्रकाशित: १४ आश्विन २०७७ ०२:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App