२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

बोलोग्नाको पहिलो जित

रोबर्टो सोरियानोले दुई गोल गरेपछि सोमबार बोलोग्नाले चिर परिचित प्रतिद्वन्द्वी पार्मालाई ४–१ ले पराजित गर्दा सिरी ‘ए’ लिगमा पहिलो जित निकालेको छ।  

इटालियन सिरी ‘ए’ लिगअन्तर्गत आफ्नो पहिलो लेगमा एसी मिलानसँग २–० ले पराजित भएको बोलोग्नाले भ्रमणकारी टोली पार्मालाई हराउँदै लिगतालिकामा पहिलो तीन अंक जोड्न सफल भएको हो।  

घरेलु मैदानमा पार्मालाई दबाबमा राखेको बोलोग्नाका लागि रोबर्टो सोरियानोले १६औं मिनेटमा पहिलो गोल गर्दा ३०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपेका थिए। पहिलो हाफमा २–० को अग्रता लिएको बोलोग्नाले दोस्रो हाफमा थप दुई गोल गर्दा एक गोल खान पुगेको थियो। ५६औं मिनेटमा आन्द्रेस स्कोभ ओल्सेनले टोलीका लागि तेस्रो गोल गर्दा ६७औं मिनेटमा पार्माका हेर्नानीले गोल गर्दै अग्रता घटाएर ३–१ मा पु¥याएका थिए। ७६औं मिनेटमा पार्माका सिमोन लाकोपोनी रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिँदा दश खेलाडीमा सीमित भएको थियो। इन्जुरी समयमा अर्जेन्टिनाका फरवार्ड रोड्रिगो पालासियोले गोल थप्दै बोलोग्नाको जित निश्चित गरे।  

सिरी ‘ए’ लिगअन्तर्गत शनिबारै सम्पन्न अर्को खेलमा रोमा र युभेन्ट्सले २–२ को बराबरी खेल्दा नेपोलीले जियोनालाई ६–० ले स्तब्ध बनायो। युभेन्ट्सका लागि पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा जोर्डान भेरेटाउटले पेनाल्टीको मद्दतमा समान दुई गोल गरे।  

दुई खेलमा लगातार जित निकालेको नेपोली ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ। साबिक च्याम्पियन युभेन्ट्सको समान दुई खेलबाट ४ अंक रहेको छ। युभेन्ट्स चौथो स्थानमा छ।  

प्रकाशित: १४ आश्विन २०७७ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App