१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

मिलानको जितमा इब्राहिमोभिच नायक

ज्लाटान इब्राहिमोभिचको दुई गोल मद्दतमा एसी मिलानले सोमबार बोलोग्नामाथि २–० को जितका साथ इटालियन सिरी ‘ए’ मा सुखद सुरुआत गरेको छ।  

इब्राहिमोभिचले गत साता युरोपा लिगमा आइरिस क्लब सामरक रोभर्सविरुद्ध पनि गोल गरेका थिए। उनी अर्को महिना ३९ वर्षमा प्रवेश गर्दै छन्।

‘म २० वर्षको भइदिएको भए, सायद मैले आज थप दुई गोल गर्थें होला,’ इब्राहिमोभिचले भने, ‘मेरो खेलप्रतिको लगाव र गोल क्षमता कम भएको छैन। साँच्चै टोलीले धेरै मिहिनेत गरेको छ। आज हामीले शतप्रतिशत नखेले पनि सिजनको सुखद सुरुआत गर्न सफल भयौं।’

३५औं मिनेटमा थियो हर्नान्डेजको पासमा इब्राहिमोभिचले टोलीका लागि पहिलो गोल गरेका थिए। मिलान र बोलोग्नाबीचको खेलका लागि सान सिरोमा १ हजार दर्शकलाई खेल हेर्न अनुमति दिइएको थियो। कोभिड १९ महामारीपछि सिरी ‘ए’ मा पहिलो पटक दर्शकलाई मैदानमा प्रवेश गराइएको हो। तीमध्ये अधिकांश दर्शक कोभिड १९ मा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी थिए। उनीहरूलाई आमन्त्रण गरिएको थियो।

पहिलो हाफमै इब्राहिमोभिचले व्यक्तिगत र टोलीको अग्रता दोब्बर पार्ने सुनौलो अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्। दोस्रो हाफ सुरु भएको ६ मिनेटपछि नै इब्राहिमोभिचले पेनाल्टीमा टोलीको अग्रता २–० मा पु-याएका थिए। बोलोग्नाका रिकार्डो ओर्सोलिनीले इसामेल बेनासरमाथि फाउल गर्दा मिलानले पेनाल्टीको अवसर पाएको थियो।

‘मिलानसँग इब्राहिमोभिच छन्, हामीसँग छैनन्,’ बोलोग्नका प्रशिक्षक सेन्सा मिहाजलोभिचले भने, ‘इब्राहिमोभिचले दुई टोलीबीचको भिन्नता प्रमाणित गरे। तर पनि हामी आफ्नो प्रदर्शनबाट सन्तुष्ट छाैं।’

इब्राहिमोभिचले गत साता युरोपा लिगमा आइरिस क्लब सामरक रोभर्सविरुद्ध पनि गोल गरेका थिए। उनी अर्को महिना ३९ वर्षमा प्रवेश गर्दै छन्।

प्रकाशित: ७ आश्विन २०७७ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App