२३ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

आर्सनलको सुखद सुरुआत

नवप्रवेशी टोली फुलह्याममाथि सहज जितका साथ आर्सनलले शनिबार इङ्लिस प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ।  शनिबार फुलह्यामको घरेलु मैदान क्राभेन कटेजको भ्रमणमा निस्किएको आर्सनलले ३–० को सहज जित हात पारेको हो। कोरोना भाइरस महामारीका कारण २०१९–२०२० सिजन ढिलो गरी मात्र सकिएको थियो। आर्सनलले आठांै स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो। लिग सकिएको ४८ दिनपछि नै २०२०–२०२१ सिजन सुरु भयो, जहाँ आर्सलनले उत्कृष्ट सुरुआत गर्न सफल रह्यो। पहिलो हाफमा १–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफमा थप २ गोलका साथ स्पष्ट ३ अंक पक्का गरेको थियो। मिकेल अर्टेटाको टोलीका लागि एलेक्जेन्डर लाकाजेट, ग्याब्रियल र पिइरे इमेरिक औबामेयाङले समान एक गोल गरेका थिए।

‘यो सिजनको सुखद सुरुआत गर्ने उत्कृष्ट तरिका हो,’ लाकाजेटले भने, ‘हामी स्पष्ट जित हात पार्न चाहन्थ्यौं र प्रशिक्षककै रणनीतिअनुसारको नतिजा आयो। सबै खुसी छन्। हामीले गरेको मिहिनेतको नतिजा पनि हो। हामीले महŒवाकांक्षी लक्ष्य लिएका छौं, त्यसलाई सार्थक पार्न सधैं यस्तै प्रदर्शन र नतिजा दोहो¥याउन आवश्यक छ।’  

खेलको आठौं मिनेटमा लाकाजेटले गरेको गोलमा आर्सननले अग्रता लिएको थियो। विलियानले गरेको प्रहार फुलह्यामका गोलकिपर मार्क रोडले बचाउँदा रिबाउन्डमा प्राप्त बललाई लाकाजेटले पोस्टको दिशा दिएका थिए। तर रेफ्रीले सो गोललाई मान्यता दिन भिडियो सहायक रेफ्री (भिएआर)कोे सहायता लिएका थिए।

दोस्रो हाफ सुरु भएको ४ मिनेटपछि नै आर्सनलले आफ्नो अग्रता दोब्बर पारेको थियो। ग्याब्रियल डोस सान्तोस मागलहेसले आर्सनलका लागि डेब्यु गोल गर्दै टोलीको अग्रता बढाएका थिए। ग्याब्रियलले विलियानको कर्नर प्रहारलाई जाली चुमाएका थिए। ग्याब्रियल यसै सिजन मात्र फ्रेन्च लिग वान क्लब लिलेबाट आर्सनलमा भित्रिएका थिए। ५७औं मिनेटमा औबामेयाङले गोल गर्दै आर्सनलको सहज जित पक्का गरेका थिए। औबामेयाङले विलियानको पासको सदुपयोग गरेका थिए। यस सिजनको अन्त्यपछि औबामेयाङको क्लबसँगको सम्झौता सकिँदै छ। आर्सनल उनको सम्झौता थप गर्न आतुर रहेको छ।

अर्टेटाले आर्सनल समर्थकहरू पनि औबमेयाङ क्लबमै बसेको हेर्न चाहेकाले  उनी क्लबमै रहनेमा आशावादी रहेको बताए। गत सिजन एफए कपको उपाधि जितेको आर्सनलका लागि सहज जितमा चेल्सीबाट यसै सिजन मात्र भित्रिएका विलियानले जादुमय प्रदर्शन गर्दै आफ्नो उपस्थिति प्रमाणित गरेका थिए।

तत्कालीन प्रशिक्षक युनई इमिरे बर्खास्त भएसँगै अर्टेटाले डिसेम्बरबाट टोलीको प्रशिक्षण सम्हालेका थिए। आर्सनलले गत सिजन आठांै स्थानमा बस्दै सिजनको अन्त्य गरेको थियो, जुन १९९५ यताकै सबैभन्दा खराब प्रदर्शन थियो। त्यस्तै आर्सनलले कम्युनिटी सिल्डमा प्रिमियर लिग विजेता लिभरपुललाई पेनाल्टी सुटआउटमा निराश पारेको थियो। मिकेल अर्टेटाको टोलीका लागि एलेक्जेन्डर लाकाजेट, ग्याब्रियल र पिइरे इमेरिक औबामेयाङले समान एक गोल गरेका थिए।

प्रकाशित: २८ भाद्र २०७७ ०३:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App