१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

ओसाका अन्तिम चारमा

जापानकी नाओमी ओसाकाले मंगलबार युएस ओपनको सेमिफाइनल यात्रा तय गर्दा पुरुषतर्फ जर्मनीका एलेक्जान्डर भेरेभले पनि अन्तिम चारमा स्थान बनाएका छन्।

विश्व नम्बर–९ की ओसाकाले गैरवरीयताकी खेलाडी सेल्बी रोजर्सलाई सोझो सेटमा स्तब्ध बनाउँदै शनिबारको फाइनल यात्राका लागि जेनिफर ब्राडीसँग भेट पक्का गरिन्। आर्थर एस स्टेडियममा २२ वर्षीया ओसाकाले एक घण्टा २० मिनेटभित्र खेल आफ्नो पक्षमा पार्दा २७ वर्षीया रोजर्सलाई ६–३ र ६–४ ले हराइन्। ओसाकाले यस जितलाई रोजर्ससँगको पछिल्ला तीन हारको मूल्य पाएको बताइन्। सन् २०१७ मा चार्लस्टनको क्ले कोर्टमा पनि ओसाका रोजर्ससँग पराजित भएकी थिइन्।

‘उनी मभन्दा माथिल्लो स्तरको खेलाडी महसुस हुने गरेको थियो, किनकि उनलाई मैले कहिल्यै पनि हराउन सकेकी थिइनँ,’ ओसाकाले भनिन्, ‘ती पछिल्ला हारहरू मेरो मस्तिष्कमा बसिरहेका थिए। त्यसैले पनि उनीसँग बदला लिने अठोट गरेको थिएँ।’ ओसाकाले सर्भिसमार्फत दबाब राख्दै लगातार जित जिकालिन्। पहिलो सर्भबाट ८३ प्रतिशत अंक बटुलेकी उनले दोस्रो सर्भबाट भने ७० प्रतिशत अंक बटुल्न सफल भइन्। यता, ब्राडीले कजाखस्तानकी युलिया पुटिनसेभालाई हराउन उनको कमजोरीमाथि लगातार प्रहार गरेकी थिइन् र पहिलो पटक ग्रान्ड स्लामको सेमिफाइनलमा पुग्न सफल भइन्। अमेरिकन विश्व नम्बर २८ की ब्राडीले एक घण्टा ९ मिनेटभित्र २३औं वरीयताकी प्रतिद्वन्द्वी युलियामाथि ६–३ र ६–२ ले सफलता निकालिन्।

ओसाकाले यस जितलाई रोजर्ससँगको पछिल्ला तीन हारको मूल्य पाएको बताइन्। सन् २०१७ मा चार्लस्टनको क्ले कोर्टमा पनि ओसाका रोजर्ससँग पराजित भएकी थिइन्।  

‘आजको खेलमा निकै नर्भस थिएँ,’ २५ वर्षीया ब्राडीले भनिन्, ‘तर मैले आफूमा धैर्य राखें र बिस्तारै सफलता हात पारेँ।’ ओसाकाले सेमिफाइनलकी प्रतिद्वन्द्वी ब्राडी निकै चुनौतीपूर्ण भएको प्रतिक्रिया दिइन्। ‘मलाई लाग्छ, उनी उत्कृष्ट खेलाडी हुन्। उनीसँग हरेक किसिमको जित निकाल्ने आधार छन्। उनीसँग केही ईष्र्या पनि लाग्ने गर्छ,’ जापानिज ओसाकाले भनिन्। पुरुषतर्पm निकै खराब सुरुआतका बावजुद भेरेभले २७औं वरीयताका क्रोएसियाली बोर्ना चोरिचविरुद्ध चौथो सेटमार्पmत जित निकाले। उनले चोरिचलाई १–६, ७–६(७–५), ७–६ (७–१) र ६–३ ले स्तब्ध बनाउँदा तीन घण्टा २५ मिनेट समय खर्चिए। पहिलो सेट गुमाएपछि भेरेभले आक्रामक खेल खेल्दा दोस्रो सेटमा ४–२ ले पछि परेको स्थिति उल्टाएका थिए।

‘पहिलो सेट गुमाइसकेको थिएँ। दोस्रो सेटमा पनि ४–२ ले पछि परेपछि मैले गुमाउनुपर्ने केही छैन भन्ने महसुस भयो र त्यसपछि आक्रामक खेल अपनाएँ,’ भेरेभले भने। जर्मन स्टार भेरेभले आइतबार हुने फाइनल यात्रा लागि स्पेनका २० वर्षे पाब्लो कारिनो बुस्टाविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। बुस्टाले भने क्वार्टरफाइनलमा १२औं वरीयताका क्यानेडेली डेनिस सापोभालोभमाथि पाँचौं सेटमार्फत संघर्षपूर्ण जित निकाले। बुस्टाले डेनिसलाई ३–६, ७–६ (७–५), ७–६ (७–४), ०–६, ६–३ ले हराए। शीर्ष वरीयताका नोभाका जोकोभिच डिसक्वालिफाइड भएपछि आइतबार फ्लसिङ मिडोजमा हुने उपाधि होड खुला बनेको थियो। जोकोभिचको बहिर्गमनसँगै युएस ओपनले पहिलो पटक ग्रान्ड स्लाम विजेता पाउनेछ।

प्रकाशित: २५ भाद्र २०७७ ०१:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App