१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

महान्यायाधिवक्ता र अध्यक्ष भेटघाट आपराधिक होइन: फिफा

जियानी इन्फान्टिनो

आपराधिक अनुसन्धान जारी रहे पनि जियानी इन्फान्टिनोले अझै फिफा अध्यक्षकै रूपमा काम कारबाही अघि बढाउने भएका छन्।

गत साता स्विटजरल्यान्डका अधिवक्ताहरूले इन्फान्टिनोले स्विस महान्यायाधिवक्ता मिचेल लाउबरसँग गोप्य वार्ता गरे र त्यसले फिफाको भ्रष्टाचार मुद्दाको अनुसन्धान प्रभावित पार्ने काम गरेको आरोपमा कानुनी प्रक्रिया अघि बढाएका थिए। इन्फान्टिनो र लाउबरले सो आरोप अस्वीकार गर्दै आएका छन्।  

फिफाले पनि यी दुईबीचको भेटघाट नियमित प्रक्रिया भएको र कुनै आपराधिक कार्यका बारेमा जानकारी नभएको जनाएको छ।  

‘यस विषयमा अनुसन्धान प्रक्रिया अघि बढाउनुको कुनै कारण पनि छैन र त्यसको औचित्य पनि छैन,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुनै आपराधिक कार्य भएका बारे हामीलाई अहिलेसम्म जानकारी छैन।’  

फिफासम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान जारी रहँदा इन्फान्टिनोसँग भएको भेटवार्ताका बारेमा झुटो बोलेको पुष्टि भएसँगै लाउबरले गत साता पदबाट राजीनामा दिएका थिए।  

स्विट्जरल्यान्डको विशेष अदालतले लाउबर र इन्फान्टिनोमाथि लागेको आरोपमा अनुसन्धान गर्न  स्टेफन किल्लरको संयोजनमा अनुसन्धान कमिटी गठन गरिसकेको छ।  

‘फिफा अध्यक्ष इन्फान्टिनो र स्विट्जरल्यान्डका न्यायाधीशहरूसँग छलफल हुँदा स्विट्जरल्यान्डको महान्यायाधिवक्ताको कार्यालयले फिफासम्बन्धी २० वटा घटनाबारे अुनसन्धान गर्दै थियो। फिफाको छवि धमिल्याउने काम भएपछि अध्यक्षले सम्बन्धित पक्षसँग भेट्नु र संवाद गर्न सामान्य हो,’ फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फिफाको भ्रष्टाचार मुद्दामा जारी अनुसन्धानमा हाम्रो सधैं पूर्ण समर्थन रहँदै आएको छ। लाउबरसँग इन्फान्टिनोले व्यक्तिगत रूपमा नभई फिफाको प्रतिनिधिका रूपमा भेटवार्ता गरेका हुन्।

प्रकाशित: २० श्रावण २०७७ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App