१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

टेनिसको आदर्श सम्बन्ध

टेनिस स्टार खेलाडी रोजर फेडेरर र राफाइल नाडालले टेनिस कोर्टमा एकअर्काबीचको प्रतिस्पर्धाबाट कयौं यादगार क्षण बटुलेका छन्।

फेडेरर र नाडालबीच ग्रान्ड स्लाम फाइनलमा ९ पटक प्रतिस्पर्धा चल्दा आपसमा निकै सौहार्दपूर्ण वातावरण सञ्चालन भएका छन्। खेलका क्रममा यी दुई स्टारबीच देखिने निकै राम्रो सम्बन्ध अन्य खेलाडीका लागि सन्देशसमेत हुने गरेको छ।  ‘उनी मेरो नजरअघि नै हुर्किएका खेलाडी हुन्,’ फेडेररले एक अन्तर्वार्ताका क्रममा भनेका थिए। फेडेररले आफू टेनिसमा कसैलाई सहज बोलाउन सक्ने, कुनै समस्या सेयर गर्ने र गोप्य कुरा भन्न सक्ने खेलाडीको रूपमा नाडाललाई चित्रित गरेका छन्।

‘कसैलाई गोप्य कुरा भन्न सक्छु भने ती नाडाल हुन्। हामीबीच राम्रो सम्बन्ध निर्माण गर्न दुवै जना सक्षम भएका हौं,’ फेडेररले जोड दिए। उनीहरूले नोभाक जोकोभिचसँग पनि धेरै प्रतिस्पर्धा गरेका छन् र प्रतिस्पर्धाका हिसाबले जोकोभिच भने अन्य तीन स्टारभन्दा हेड टु हेडमा अगाडि छन्। तथापि रोजर र राफाबीचको प्रतिस्पर्धा अन्यको भन्दा निकै ठूलो मानिन्छ। रोजर र राफा दुवै हाल विश्व वरीयतामा शीर्ष दुईमा छन् र उनीहरूले सर्वाधिक धेरै ग्रान्ड स्लाम पनि जितेका छन्। 

हालसम्म नाडाल र रोजरबीच कुल ४० पटक भेट भएको छ, जसमा नाडालले २४ खेलको नतिजा आफ्नो पक्षमा पारेका छन्। यीमध्ये ९ पटक ग्रान्ड स्लाम फाइनलमा नाडालले ६ उपाधि आफ्नो बनाए। 

फेडेररले २० र नाडालले १९ ग्रान्ड स्लाम आफ्नो बनाइसके। सन् २००८ को विम्बल्डन फाइनलमा नाडाल र जोकोभिचको लामो भिडन्त अभैm ताजा छ र जुन यस संस्करण दोहोरिन सक्ने अनुमान गरिए पनि कोरोना भाइरसको महामारीका कारण प्रतियोगिता नै रद्द हुन पुग्यो। यिनै दुई गतिशील खेलाडी रोजर ३९ वर्ष र नाडाल ३४ वर्षका भइसके। ‘हामी धेरै अगाडि बढिसक्यौं। उनी (नाडल) सुरुआतमा आउँदा अति नै लजालु  थिए,’ रोजरले स्मरण गरे। नाडलले पनि रोजरको कुरामा केही सहमत जनाएका छन्।  

‘समयको साथसँगै उनी आपैंm पनि सफल भए। बिस्तारै उनी प्रभुत्वशाली खेलाडी बने र उनले आफ्नै शक्तिशाली विशेषता निर्माण पनि गरे,’ नाडालको तारिफ गर्दै फेडेररले भनेका छन्। ओपनतर्फ  पुरुष खेलाडीको यादगार प्रतिस्पर्धा सन् १९६८ देखि सुरु भएको थियो। हालसम्म नाडाल र रोजरबीच कुल ४० पटक भेट भएको छ, जसमा नाडालले २४ खेलको नतिजा आफ्नो पक्षमा पारेका छन्। यीमध्ये ९ पटक ग्रान्ड स्लाम फाइनलमा नाडालले ६ उपाधि आफ्नो बनाए।

सन् २००८ को विम्बल्डन फाइनलमा पाँचौं सेटमार्पmत रोजरलाई स्तब्ध बनाउँदै उपाधि आफ्नो बनाएका थिए, जसमा अन्तिम तथा निर्णायक सेट ९–७ को थियो। जोकोभिच र नाडालबीच कुल ५५ पटक भेट हुँदा जोकोभिचले २९ खेल आफ्नो पक्षमा पारेका छन्। सन् २०१२ को अस्ट्रेलियन ओपन फाइनलमा नाडाल र जोकोभिचबीच ५ घन्टा ५३ मिनेट लामो संघर्ष चलेको थियो, जसलाई अन्ततः जोकोभिचले आफ्नो पक्षमा पारेका थिए। सन् २०१३ को फ्रेन्च ओपन सेमिफाइनलमा पनि यी दुईबीच पाँचौं सेटसम्मको प्रतिस्पर्धा ४ घन्टा ३७ मिनेटसम्म चलेको थियो, यस पटक पनि नाडालले बदला लिए। 

प्रकाशित: १९ श्रावण २०७७ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App