४ चैत्र २०८२ बुधबार
image/svg+xml
खेल

२६ औं बुढासुब्बा गोल्डकप : लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं सेमिफाइनलमा

लिग च्याम्पियन चर्च ब्वाइज क्लब काठमाडौं २६ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। चर्च ब्वाइज क्लबले नेपाल पुलिस क्लबलाई १–० हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो।

धरान रंगशालामा आइतवार भएको  खेलमा निर्धारित ९० मिनेटको खेलमा चर्च ब्वाइजका लागि खेलको सुरुवाती एक मिनेटमै रिचार्ड वेलसले गरेको गोल निर्णयक बन्यो। नेपाल पुलिस क्लबले थुप्रै पटक फ्री कि र कर्नरको अवसर पाए पनि गोलमा परिणत गर्न सकेन।

खेलको ‘म्यान अफ दि म्याच’ चर्च व्याईजका खेलाडी रिचार्ड वेलसन घोषित भए। उनले नगद १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे। सोमबारको खेल आयोजक धरान फुटबल क्लव धरान र लालीगुराँस एफसी पोखराबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जर्जियन क्लब भारतलाई हराउँदै आयोजक धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको हो। ट्राइबेकरमा ४(२ गोल अन्तरले जर्जियन क्लब भारतलाई हराउँदै आयोजक क्लब विजयी भएर क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको थियो। लालीगुराँस एफसी भने सोझै वाई पाएर क्वाटरफाइनलमा प्रवेश गरेको हो।  

बुढासुब्बा गोल्डकपको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित: २५ माघ २०८२ १९:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App