१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

लक्ष्मणलाई पुम्सेतर्फ स्वर्ण

नेपालका लक्ष्मणबहादुर ऐरले भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ स्वर्ण पदक जितेका छन् ।

जिसिएस पोर्टल्यान्ड युएसए च्याप्टरको आयोजनामा जारी च्याम्पियनसिपमा लक्ष्मणले ५० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेका हुन् । लक्ष्मणले कुल ६.७३ स्कोर प्राप्त गर्दा स्वर्ण पदक प्राप्त गरेका थिए । आयोजकले जुममार्फत उक्त च्याम्पियनसिपमा प्रत्यक्ष प्रतिस्पर्धा गराएको थियो । ‘घरमै सानो ठाउँ व्यवस्था गरेर हामीले जुममार्फत प्रत्यक्ष प्रतिस्पर्धा गरेका थियौं । लकडाउनको समयमा पनि दैनिक प्रशिक्षण गरिरहेकाले नतिजा राम्रो आयो,’ नेपाल पुलिस क्लबका तेक्वान्दो प्रशिक्षकसमेत रहेका लक्ष्मणले भने ।

‘यसअघि पनि राम्रै तयारी गरेर च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेको थिएँ । तर, आशातीत नतिजा आउन सकेन । यस पटक मिहिनेतको फल प्राप्त भयो निकै खुसी छु,’ उनले थपे । उनले गत महिना पनि अनलाइन पुम्से युरोपियन च्याम्पियनसिप र विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गरे पनि सफलता हात पार्न सकेका थिएनन् । त्यस्तै नेपालकै रेखमाया गुरुङले पुम्सेमै कांस्य पदक जितिन् । उनले ४० वर्षमुनि उमेर समूहमा कांस्य जितेका हुन् ।

त्यसै गरी नेपालबाट आशिष चन्दले ४० वर्षमुनि, सुनसरीका विवेक राईले ३० वर्षमुनि तथा २० वर्षमुनि सुस्मिता केसी र दावा शेर्पाले कलर बेल्टमा प्रतिस्पर्धा गर्ने लक्ष्मण ऐरले जानकारी दिए । जुन ७ सम्म हुने च्याम्पियनसिपमा जोर्डनमा रहेका शरणार्थी शिविरका खेलाडीसहित २१ भन्दा बढी राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । कोरोना भाइरसको महामारी पैmलिएसँगै विश्वभर अधिकांश खेल प्रभावित हुँदा पछिल्ला समय खेलकुदको अनलाइन प्रतिस्पर्धा सञ्चालन हुँदै आइरहेका छन् ।

प्रकाशित: २४ जेष्ठ २०७७ ०८:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App