१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

पूर्वाधारका लागि ४३ करोड ७० लाख रुपैयाँ माग

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७

यसै वर्षको फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सम्बोधन गरिएको छ । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले आवश्यक बजेट विनियोजन गरेको छु भन्दै अभिव्यक्ति दिएपछि अन्योलमा परेको खेलकुद प्रतियोगिता हुने निश्चित भएको हो । यसअघि सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई भने समावेश नगरेपछि पोखरामा ३७ वर्षपछि आयोजनाको संघारमा रहेको राष्ट्रिय प्रतियोगिताको अन्योल बढेको थियो ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले सरकारसँग खेल पूर्वाधार निर्माण एवं मर्मत सम्भारका लागि ४३ करोड ७० लाख रुपैयाँ माग गरेको थियो । गण्डकी प्रदेशका विभिन्न ११ जिल्लामा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जनाउँदै जिल्लामा भएका पूर्वाधारको मर्मतसम्भार एवं स्तरोन्नतिको लागि बजेट माग गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । उनका अनुसार युवा तथा खेलकुद मन्त्रालयमार्फत वैशाखको पहिलो साता बजेट माग गरिएको थियो ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार तयार पार्न अन्य विभिन्न जिल्लामा समेत बजेट माग गरिएको छ । पोखरा रंगशालामा एथलेटिक्स र फुटबल प्रतियोगिता सञ्चालन गरिनेछ । पोखरामै आयोजना हुने बक्सिङका लागि ४० लाख, तेक्वान्दो महिला तथा पुरुष प्रतियोगिता बागलुङमा प्रस्ताव गर्दै ३० लाख रुपैयाँ माग गरिएको छ । महिला तथा पुरुष कराते पर्वतमा गर्ने भन्दै ४० लाख, भारोत्तोलन बागलुङमा गरिने योजना अघि सार्दै समितिले ३५ लाख रुपैयाँ माग गरेको कार्यलय प्रमुख योगीले बताए ।

दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना हुँदा राखिएको दोहोरी गीत प्रतियोगितालाई राख्न प्रस्तावसमेत गरिएको छ । दोहोरी गीत प्रतियोगिताका लागि पनि २० लाख रुपैयाँ बजेट माग गरिएको छ ।

पोखरामै भलिबल आयोजना गरिनेछ । यसका लागि २५ लाख माग गरिएको छ । मुस्ताङमा टेबलटेनिस आयोजना गर्ने योजनासहित कभर्ड हलका लागि १ करोड रुपैयाँ माग गरिएको छ । नवलपुरमा कबड्डीको लागि २० लाख, लमजुङमा ब्याडमिन्टनका लागि एक करोड रुपैयाँ, नवलपुरमा कुस्तीका लागि २५ लाख, पोखरामा उसुका लागि २० लाख, गोरखामा जुडोका लागि २५ लाख, तनहुँमा बास्केटबलका लागि २० लाख, मनाङमा बुद्धिचालका लागि ५० लाख, पोखरामै ह्यान्डबल म्याटका लागि ४० लाख  माग गरिएको छ ।

आइटिएफ तेक्वान्दो (स्याङ्जा) ५० लाख, फुल कन्ट्याक्ट कराते (म्याग्दी) ३५ लाख, हकी (पोखरा)२५ लाख, स्क्वास (पोखरा) ३५ लाख, सुटिङ (पोखरा) ९ करोड ५० लाख, जिम्न्यास्टिक (पोखरा) २५ लाख, लन टेनिस (पोखरा) २० लाख, सफ्ट टेनिस (पोखरा), क्रिकेट (पोखरा) ७० लाख, साइक्लिङ (पोखरा) १५ लाख, आर्चरी (पोखरा) १५ लाख, सेपाक ताक्रो (पोखरा) ३० लाख, खो खो (नवलपुर) ३५ लाख, फेन्सिङ (पोखरा) २० लाख, पौडी (पोखरा) २० करोड, गल्फ (पोखरा) ३५ लाख, शारीरिक सुगठन (पोखरा) २० लाख, प्याराग्लाइडिङ (पोखरा) २० लाख, ट्रायथोलन (पोखरा) ३० लाख रुपैयाँ रहेको छ । यसै गरी दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना हुँदा राखिएको दोहोरी गीत प्रतियोगितालाई राख्न प्रस्तावसमेत गरिएको छ । दोहोरी गीत प्रतियोगिताका लागि पनि २० लाख रुपैयाँ बजेट माग गरिएको छ ।

पूर्वाधारसहित पोखरा रंगशाला प्राक्टिस मैदान, खानेपानी डिप बोरिङ, मिडिया सेन्टर, मेडिकल सेन्टर निर्माणलगायतलाई १ करोड ५० लाख रुपैयाँ माग गरिएको समितिले जनाएको छ ।

‘प्रदेश सरकारसँग पनि २ करोड ८८ लाख रुपैयाँ माग गरिएको छ,’ कार्यालय प्रमुख योगीले भने, ‘प्रदेशले पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बजेट छुट्ट्याउने अपेक्षा छ ।’ उनका अनुसार राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको गौरव भएको उल्लेख गर्दै सबै तह र तप्का एवं प्रदेश सरकारबाट सहयोग हुने विश्वास छ ।

 प्रदेश सरकारसँग खेल सामग्रीका लागि २० लाख, खेलस्तर ग्रिनरी एवं सजावटका लागि ५० लाख, गण्डकी प्रदेशबाट छनोट भएका खेलाडीहरूलाई २० दिने बन्द प्रशिक्षणका लागि १ करोड ७५ लाख, खेलाडी तथा अफिसियललाई मायाको चिनो प्रदान गर्न १८ लाख, स्वागत गेट निर्माण गर्न १५ लाख, प्रचारप्रसारका लागि १० लाख रुपैयाँ माग गरिएको कार्यालय प्रमुख योगीले बताए ।

प्रकाशित: १६ जेष्ठ २०७७ ०७:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App