coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दोस्रो दिन थापा शीर्षमा

१८ औं होलमा पटिङ गर्ने तयारी गर्दै शिवराम श्रेष्ठ। तस्बिर धन/नागरिक

पोखरा - पहिलो दिन लेभल पार खेल्दै गतिलो सुरुआात गरेका धनबहादुर थापाले दोस्रो  दिन बिहीबार दिन २ अन्डर(६७)को स्कोर कार्ड बनाएपछि ३६ होल टुंगिदा २ अन्डर १३६ कार्डसहित शीर्षस्थानमा उक्लिएका छन्। नेपाल आर्मी गल्फ क्लबका खेलाडी थापाले शिवराममाथि चार स्ट्रोकको अग्रता बनाएका छन्। अन्तिम दिनको प्रतिस्पर्धा बाँकी  छ।

सूर्य नेपाल वेस्टर्न ओपन गल्फ टुरको दोस्रो दिन पोखराको हिमालयन गल्फ कोर्समा थापाले २ अन्डर ६७ कार्ड बनाए। उनले ३ र आठौं होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाइन दुई अन्डरको स्थितिबाट अगाडि बढे। ब्याक नाइन भने लेभल पारमा टुंंग्याए। १२औं बोगी खेप्न पुग्दा १५औं होलमा त्यसको क्षतिपूर्ति पुरा गरे। १७औं मा बर्डी हिर्काउँदै स्ट्रोक जोगाउने लय देखाए पनि अन्तिम होलमा भने बोगीको सामना गरे। १८औं होलमा बल बंकरमा खसेपछि समस्या हुन पुग्यो। ‘ढिस्कोलाई आधार मानेर हिर्काउँदा ढिस्कोमै ठोकिएर बल बंकरमा झ¥यो। ढिस्को पार गरेको अवस्थामा ओबी हुन्थ्यो। झन समस्या आउँथ्यो’ उनले भने, ‘बंकरबाट हल्का चिप गरें। ग्रिनबाट सहज पट गर्दै थप स्ट्रोक हान्नबाट जोगाएँ।’

दोस्रो दिन भने खराब लयमा देखिएका शिवराम श्रेष्ठ भने दोस्रो स्थानमा झरेका छन्। उनले बिहीबार ३ ओभर खेल्न पुग्दा समग्रमा २ ओभर १४० को स्थितिमा रहे। उनको फ्रन्ट नाइन खराब रह्यो। तीन ओभर ३७ को स्थितिबाट ब्याक नाइन सुरु गरेका शिवरामले १ अन्डर खेल्दै ३६ होल पूरा गर्दा १ ओभर १३९ मा छन्। उनले अघिल्लो दिन एक अन्डरसँगै अग्रता लिएका थिए। उनले फ्रन्ट नाइनअन्तर्गत ७, ८ र ९औं होलमा बोगी खेपे। व्याक नाइनमा १०, १५ र १६ होलमा बर्डी हिर्काउँदै लेभल पारको संघारमा रहे पनि १२औंमा बोगी खेप्दा केवल एक अन्डरमा झर्न पुगे।

शुक्र राईले शिवरामसँग टाई खेलेका छन्। पहिलो दिन १ ओभर ७० मा टुंग्याएका राईले दोस्रो दिन पनि १ ओभर ७० को कार्ड बनाउँदै लयलाई निरन्तरता दिए। पार फाइभको दशौं होलमा उनले ९ स्ट्रोक हिर्काउँदै तनाव झेल्न पुगे। १३, १४  १५ औं होलमा बर्डी हिर्काउँदै खेलमा फर्किएका थिए। यद्यपी व्याक नाईन एक ओभर ३६ मा टुग्याउँदा उनको फ्रन्ट नाईनमा हानेको दुई अण्डरले उत्साह जगाईराख्यो। शिवराम र शुक्रसँगै जयराम श्रेष्ठले पनि दोस्रो दिनको खेल टुंग्याउँदा २ ओभर १४० को कार्डमा छन्।

अघिल्लो दिन तीन ओभर ७२ को कार्डबाट सुरु गरेको उनले दोस्रो दिन भने सुधारिएको प्रदर्शन गरे। फ्रन्ट नाइनलाई लेभल पार खेल्दै उत्कृष्ट सुरुआत गर्दा व्याक नाइनमा भने अझ प्रभावशाली प्रदर्र्शन गरे। व्याक नाइनमा उनले १ अन्डर खेल्दै समग्रमा दुई ओभर १४० को कार्डमा रहे। उनले ११ औंमा बोगी खेप्दा १५ र १७ औं होलमा बर्डी हिर्काएका थिए। पाँचौं स्थानमा निरज तामाङ छन्। दोस्रो दिन २ ओभर ७१ को कार्ड खेले। तामाङले दोस्रो दिन ३६ होलको खेल टुग्याउँदा ३ ओभर १४१ को स्कोरमा छन्। उनले बिहीबार फ्रन्ट र ब्याक नाइन दुवैमा एक–एक ओभर खेल्दै टुंग्याएका थिए। पहिलो दिन उनी एक ओभर ७० को कार्डमा थिए।

भुवन नगरकोटी, भुवनकुमार रोका र सन्जय लामा समान ४ ओभरसहित टाईमा छन्। समान २ ओभर ७१ को स्कोर बनाउँदै पहिलो दिनको १८ होलबाट विश्राम लिएका उनीहरूले दोस्रो दिन बिहीबार २ ओभर ७१ को कार्डमै खेल्दै टाईमा छन्। रोकाले फ्रन्ट नाईनलाई १ ओभर ३५ मा टुग्याउँदा व्याक नाईन गतिलो शुरुवात गरेपनि १८ औं होलमा डबल बोगी खेपेपछि उनको स्कोर १ अण्डर ३४ मा रहदै दोस्रो दिन लेभलपार खेलेका थिए।

नगरकोटीले पनि ब्याक नाइन लेभल पार खेल्दै स्ट्रोक जोगाए। तर फ्रन्ट नाइन भने सम्झन लायक बनाउन सकेनन्। चौथो होलमा बोगी खेप्दै अगाडि बढेका नगरकोटीले नवौं होलमा पनि बोगीमै टुंग्याए। १४औंमा बर्डी हिर्काउँदै स्ट्रोक बचाउन ध्येयमा देखिए पनि १५औं मा भने डबल बोगी खेप्न पुगे। १७औंमा बर्डी खेल्दै सुधार गरेर ३५ को कार्ड बनाए। पहिलो दिन दुई ओभर र दोस्रो दिनको दुई ओभरसँगै ४ ओभर १४२ स्कोरको कार्डमा छन्। रवि खड्का ६ ओभर १४४ कार्ड सहित नवौं स्थानमा छन्। खड्काले ९ औं र १४ औं होलमा डबल बोगी खेपेपछि दोस्रो दिन खराब नजितासँगै नवौं स्थानमा पुग्दै कट जोगएका हुन्।  रामकृष्ण श्रेष्ठ ७ ओभरसहित १४५ को कार्डमा रहँदै दशौं स्थानमा छन्।

एमेच्योरतर्फ जितेन्द्र राई १३ ओभर १५१ को कार्डसहित शीर्ष स्थानमा यथावत छन्। दोस्रो स्थानमा भने प्रज्वल गुरुङ छन्। उनले १५ ओभर १५३ को कार्डमा खेलिरहेका छन्। दोस्रो दिनको खेल टुंंगिँदा २४ जना प्रो.ले कट जोगाउँदै उपाधि यात्रामा छन्। १६ जना एमेच्योरमध्ये केवल ६ जनाले मात्रै कट जोगाउँदै उपाधिमा छन्। आज शुक्रबार फाइनल प्रतिस्पर्धा हुनेछ। शनिबार प्रो–एम प्रतिस्पर्धा हुने हिमालयन गल्फ कोर्सका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए।

प्रकाशित: २ फाल्गुन २०७६ ०१:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App