८ वैशाख २०८१ शनिबार
खेल

नर्स एथलेटिक मिट हुने

काठमाडौं – डा.खगेन्द्र स्पोर्ट्स फाउन्डेसन तथा ब्लुक्रस अस्पतालको संयुक्त आयोजनामा शनिबार तेस्रो नर्स एथलेटिक मिट आयोजना हुने भएको छ।

हलचोकस्थित एपिएफको मैदानमा हुने प्रतियोगितामा ३२ अस्पतालका ४ सय १० जना नर्सले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा १ सय मिटर २ सय मिटर, ४ सय मिटर रिले र २.५ किलोमिटरको रोड रेस गरी कुल ४ विधामा प्रतिस्पर्धामा हुने डा.खगेन्द्र स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष डा.खगेन्द्र श्रेष्ठले जानकारी दिए।

त्यमध्ये १ सय मिटर, २ सय मिटर र रोड रेसतर्फका स्वर्ण, रजत र कांस्य पदक विजेता क्रमश नगद १५ हजार,७ हजार र ५ हजार हात पार्ने छन् भने ४ सय मिटरतर्फको विजेताले नगद २० हजार हात पार्नेछन्। डा.श्रेष्ठले नर्स आफैमा समयप्रति सजक पेसा भएकाले खेलकुदले थप सजक बनाउने र समग्र स्वास्थ्यका लागि खेलकुदले लाभ मिल्छ भन्ने सन्देश दिनको लागि प्रतियोगितालाई निरन्तरता दिएको बताए।

प्रकाशित: २३ माघ २०७६ ०१:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App