१ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

खेलाडी र अफिसियललाई कारबाही

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत सोमबार भएको मच्छिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेलदौरान खेलभावनाविपरीत कार्य गरेको भन्दै ६ खेलाडी र १ अफिसियलाई कारबाही गरेको छ।

एन्फाको अनुशासन कमिटीले बिहिबार एक विज्ञप्ति जारी गर्दै विवादमा उत्रिएको भन्दै मनाङका जगजित श्रेष्ठ र वैकल्पिक गोलकिपर अशोक बराललाई समान ५ खेलमा निलम्बन गर्नुका साथै नगद १० हजार जरिवाना गराएको हो। त्यस्तै मनाङकै स्ट्राइकर रञ्जन विष्ट र मच्छिन्द्रका दीपक राई, विजय धिमाल र देवेन्द्र तामाङलाई समान २ खेलका लागि निलम्बन गरेको हो ।

यता मनाङका किट्स म्यानेजर शिव लामालाई भने एन्फाले लिगका बाँकी सबै खेलका लागि निलम्बन गर्नुका साथै नगद १० हजार जरिवाना गराएको हो।  मनाङ र मच्छिन्द्र दुवै क्लबले अनुशासन उल्लंघन गरेको भन्दै एन्फाले समान नगद ५० हजार जरिवाना गरेको छ। मच्छिन्द्र र मनाङको निकै प्रतिस्र्धात्मक खेलसँगै बराबरीको नतिजा लगत्तै मैदानमा तनावको स्थिति सिर्जना भएको थियो। खेल सकिएपछि दुवै टोलीका खेलाडी झगडामा उत्रिएका थिए। दुवै टोलीका खेलाडीबीच हात हालाहालको स्थिति पुगेपछि सुरक्षाकर्मी र एन्फा पदाधिकारीलाई स्थिति साम्य गर्न धौधौ परेको थियो।

उक्त झगडामा दुवै टोलीका अफिसियल पनि सामेल हुँदा स्थिति झनै उग्र बनेको थियो। केही अफिसियलले भने स्थिति सामधान गर्ने प्रयास गरे। उक्त तनावपूर्ण स्थितिका क्रममा रेफ्री श्रवण तामाङले खेलभावनाविपरीत गतिविधिका कारण मनाङका वैकल्पिक गोलकिपर अशोक बराललाई रातो कार्ड देखाएका थिए। नेपाली टोलीका पूर्वसदस्यसमेत रहेका मनाङका जगजित श्रेष्ठले मच्छिन्द्रका दीपक राईमाथि दुव्र्यवहार गरेपछि सुरु भएको तनावले उग्ररूप लिएको थियो। जसमा टोलीका अफिसियल र वैकल्पिक खेलाडी मैदान प्रवेश गरेर तनाव स्थिति सिर्जना गर्न पुगेका थिए। समूहसमूहमा खेलाडीबीच हानाहानको प्रयास हुँदा बृहत् मात्रामा तैनाथ सुरक्षा गार्डले स्थिति साम्य पारेका थिए।

प्रकाशित: २५ पुस २०७६ ०४:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App