१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

साग समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत के भने ?

काठमाडौं– १३ औ दक्षिण एसियाली खेलकूद (साग) को समापन समाहरोलाई प्रधानमन्त्री केपि शर्मा ओलीले भिडियो मार्फत सम्बोधन गरेका छन्।

स्वस्थ्य अवस्थाका कारण दशरथ रंगशालामा आउन नसकेका ओली उत्कृष्ट खेलका लागि खेलाडीलाई धन्यवाद र बधाई दिएका हुन्।

‘अघिल्लो पटकका साग भन्दा यो पटक धेरै खेलाडी र धेरै खेल थिए’ प्रधानमन्त्रीले सम्बोधनको क्रममा भने,‘नेपालले धेरै पदक पनि जितेको छ।’ उनले सफलताका लागि योगदान प्रदान गर्ने सबै सहभागी देशका सरकारहरू, खेल क्षेत्र, खेलाडीहरू, प्रशिक्षकहरू, सबैलाई धन्यवाद समेत व्यक्त गरेका छन्।

‘अत्यन्तै भब्य रूपमा सफल भएको यस दक्षिण एसियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्‍याउने छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने, ‘यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्ने गरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु।’  

उनले आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्रभागमा राखेर जुन उत्कृष्ट प्रदर्शन गरेकोमा समेत धन्यवाद व्यक्ति गरे। ‘नेपाली खेलाडीहरूले यस खेलमा गरेका छन्, म नेपाली खेलाडीहरूलाई त्यसका निम्ति हार्दिक धन्यवाद भन्न चाहन्छु । जुन सफलता प्राप्त भएको छ, सफलता प्राप्त गर्ने सबै खेलाडीहरूलाई बधाई भन्न चाहन्छु।’ 

प्रकाशित: २४ मंसिर २०७६ १२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App