७ कार्तिक २०८३ शनिबार
image/svg+xml
समाज

तनहुँको जामुनेमा तीन सवारी आपसमा ठोक्कियो, दुई घाइते

तनहुँको म्याग्दे गाउँपालिका-२ जामुनेस्थित पृथ्वीराजमार्गमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा दुईजना घाइते भएका छन्।

शनिबार दिउँसो अन्दाजी ३:२५ बजे दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा १९ च १४७७ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आउँदै गरेको ग १ ज ९००८ नम्बरको ईभी माइक्रो एकापसमा ठोक्किएका थिए।

ठक्करपछि स्कार्पियो अनियन्त्रित भई सडकको डिभाइडर नाघेर विपरीत लेन (पोखरा-दमौली) मा पुगेको थियो। सो क्रममा पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ज ७५०१ नम्बरको टाटा सुमोसँग स्कार्पियो पुनः ठोक्किन पुगेको हो।

दुर्घटनामा परी ईभी माइक्रोका चालक तनहुँको शुक्लागण्डकी नगरपालिका-६ बस्ने ३२ वर्षीय सुमन परियार र सोही माइक्रोमा सवार व्यास नगरपालिका-१४ बस्ने ९ वर्षीया जेनिशा परियार घाइते भएका छन्।

घाइते दुवैजनाको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ। दुर्घटनापछि राजमार्गमा कुनै अवरोध नभएको र सवारी आवागमन सुचारु रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ कार्तिक २०८३ १८:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App