७ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

फिलिपिन्समा दुईवटा विमान ठोक्किँदा चार पाइलटको मृ'त्यु

उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटना भएको छ।

विमान दुर्घटनामा परी फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ।

वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो। वायुसेनाका अनुसार स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए।

दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ।

एसएफ–२६० हल्का विमान हो, जसलाई फिलिपिन्स वायुसेनाले पाइलट प्रशिक्षणका लागि प्रयोग गर्दै आएको छ।

यसअघि गत मे २० मा पनि उत्तरी फिलिपिन्सकै बेन्गुएट प्रान्तमा एउटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा दुई पाइलटको मृत्यु भएको थियो।

प्रकाशित: ७ कार्तिक २०८३ १७:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App